११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

समाजिक अभियन्ता कापरीद्वारा स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई स्वास्थ्य समाग्री प्रदान

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२ असार ।कोरोना भाइरसको सुरक्षा संवेदनशीलतालाई मध्य नजर गर्दै समाजिक अभियान बलिराम कापरीले स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई पिपिई सेट प्रदान गरेको छ।

समाजिक अभियन्ता कापरीले महामारीका बेलामा पनि निरन्तर आफ्नो ज्यानको प्रवाह नगरी जनताको सेवामा खटिदै आइरहेको स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको आत्मबल बढाउन र भाइरसको संक्रमणबाट जोगिनको लागि धनुषा सहिद नगरपालिका -३ यदुकुहास्थित बृजलाल सुमित्रा प्राथमिक आँखा उपचार केन्द्रको प्रमुख बिनोद यादव र ॐ शक्ति अनुसन्धान केन्द्रका एम्बुलेन्स चालकलाई पिपिई सेट प्रदान गरिएको छ।

अभियन्ता कापरीका अनुसार २ थान पिपिई सेट,बुट कभर,हेयर कभर,ग्लबस,फेसशिल्ड,फेस भाइजन ,केएन -95 माक्स ,सर्जिकल माक्स ५० पिस र ग्लबस ५० पिसलगाइतका स्वास्थ्य समाग्री प्रदान गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]