०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

भवन बनाइदिन बुझाइयो ज्ञापन

Logo
प्रकाशित बुधबार, आषाढ १०, २०७७

न्यूजमधेश डेस्क 
जनकपुरधाम्,१० असार । । धनुषाको औरी गाउँपलिकामा सामुदायिक भवन बनाइदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाइएको छ ।

सांसद उमाशंकर अरगरियाले उपलब्ध गराएको बजेट स्थानीय तहले कार्यान्वयन गर्न नचाहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको हो ।

सांसद अरगरियाको संसदीय कोषबाट औरही गाउँपालिका ३ मा मण्डल सेवा समितिको जग्गामा सामुदायिक भवन निर्माणका लागि रु ५० लाख योजना छुट्टयाइएको छ । तर गाउँपालिका अध्यक्ष ब्रहमदेव यादव र प्रमुख प्रशासकीय अधिकत सन्तोष शर्माले उक्त कार्य सम्पादन गर्न नचाहेको भन्दै जनता समाजवादी पार्टीका स्थानीय नेताहरुले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बु्झाएका छन् ।

ज्ञापनमा सामुदायिक भवनको कार्य सम्पादन गर्न आग्रह गर्दै आएपनि अध्यक्ष र प्रशासकीय अधिकृतले दूषित मनसाय राखीे कार्य सम्पादन गर्न गर्न नचाहेकाले गराइदिन आग्रह गरिएको छ ।

जनता समाजवादी पाटीएका गाउँपालिका संयोजक शत्रुद्यन यादव, स्थानीय नेताहरु प्रमोद कुमार अधिकारी, गोकुल मण्डल, आनन्द अधिकारी, कमलदेव मण्डलसहितकाले ज्ञापन पत्र बुझाएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]