०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जिप्रका लगाइत सबै स्थानीय तहमा जनमत पार्टीले बुझाए ज्ञापनपत्र

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

कमल कुमार मण्डल
राजविराज,११ असार ।जनमत पार्टीका नेता तथा कार्यक्रताहरुद्धारा सप्तरीको विभिन्न स्थानिय तहमा विहिवार ज्ञापन पत्र बुझाइएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयकविरुद्ध गत मंगलवार घोषणा गरिएको आन्दोलनलाई निरन्तरता दिदै आज (विहिवार) प्रत्येक स्थानिय तह तथा जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापन पत्र बुझाइएको जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले बताए ।

नेपाल सरकारद्धारा कोरोना भाइरस (कोभिड-19) को महामारीले बन्दाबन्दी रहेको मौका छोपेर गैर जिम्मेवार, असंवेदलशील र षडयन्त्रकारी प्रवृति देखाउदै राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पिडित वर्गका जनताहरुको हितमा नरहेकोले उक्त विधेयक संसदबाट पास हुने वितिकै कानुन बन्दै र सो कानुन बनिसकेपछि मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पिडित वर्गहरु अनागरिकको जिवन जिउन बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

दशकौंदेखि समान अधिारका लागि भएका आन्दोलनहरु त्था ०६२/०६३ सालामा भएको मधेश आन्दोलनको जगमाथि स्थापित नागरिकता सम्बन्धि अधिकारलाई खोस्ने र मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिम, अल्पसंख्यकसहितका उत्पिडित वर्गलाई अनागरिक बनाउने लक्षित रहेको बताउदै, उक्त कार्य तत्काल रोक्न जनमत पार्टीले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उक्त कार्य नरोकि पार्टी कठोर भन्दा कठोर आन्दोलन गर्ने बाध्य हुने पत्रमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]