०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

नागरिकता विधेयक खारेजको माग गर्दै मधेशभर प्रदर्शन

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१२ असार।विदेशबाट विवाह गरेर आउने महिलालाई सात वर्षपछि नागरिकता दिने विधेयकविरुद्ध मधेशका विभिन्न जिल्लामा निरन्तर विरोध प्रदर्शन जारी रहेको छ।

शुक्रबार पनि जनमत पार्टीका नेता तथा कार्यकर्ताले मधेशका विभिन्न जिल्लाकामा सरकारले जारी गरेको नागरिकता विधेयकको विरुद्धमा प्रदर्शन गरेको छ।सडकमै प्लेकार्ड लिएर नेता नारा जुलुस सहित कोण सभामा परिन्त गरेको छ।

यसैबीच रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१२ मा प्रदर्शनसहित नागरिकता विधेयकको प्रतिलिपीसमेत जलाएको पार्टीका केन्द्रिय सदस्य भोपेन्द्र यादवले जानकारी दिएको छ।

नेता यादवले भने अहिले कोरोना भाइरसबाट जोगिनको लागि सरकारले लकडाउन गरेको सर्ववितिकै छ।तर लकडाउनकै मोका छोपी गलत क्रियाकलाप गर्न नेकपा सरकार अगाडि बढिरहेको भन्दै जनताको ज्यान बचाउन तर्फ ध्यान नदिएर नागरिकता विधेयक ल्याएको प्रती घोर विरोध गरेको छ।

यता जनमत पार्टी धनुषाले नागरिकता विधेयक खारिज गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलयमा आज ज्ञापनपत्रसमेत बुझाएको छ।

जनमत पार्टी धनुषाका इन्चार्ज अनिता साह,युवा नेता बिजय साह ,वरिष्ठ नेतृत्व पुंजका केन्द्रिय सदस्य इन्द्रेश झा,दलित जनमत संघका नेता रघुबिर दाससहितका टोलिमा जिल्ला प्रशासन कार्यलय धनुषामा ज्ञापनपत्र दिएको छ।

नागरिकता विधेयक फिर्ता नलिएमा कडाभन्दा कडा आन्दोलनमा गर्ने जनमत पार्टी धनुषा इन्चार्ज अनिता साहले चेतावनी दिएका छिन।

त्यसैगरी धनुषाको जनकनन्दनी गाउपालिका वडा ४ खजुरिमा पार्टीका युवा नेता नन्दकिशोर साहको अध्यक्षतामा नागरिकता विधेयकको विरुद्धमा दलिय सहमति मुर्दाबाद ,मधेश विरोधी नागरिकता विधेयक खारेजीको माग गर्दै चन्हा चौक देखि सुरु गरेको सरकार विरुद्ध प्रदर्शन मिलन चौक हुँदै कोणसभामा परिन्त गरेर नागरिकता विधेयकको प्रतिलिपी जलाएर पार्टीका नेताहरुले आफ्नो मन्तव्य समेत राखेको वडा संयोजक अभिनाश पण्डितले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]