०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

निर्माण गरिएको एकसाता नबित्दै नाला भत्कियो

Logo
प्रकाशित शनिबार, आषाढ १३, २०७७

न्यूजमधेश सम्बादाता
वीरगञ्ज, १३ असार  । कलैया उपमहानगरपालिका–२ मा निर्माण गरिएको नाला एकसाता नबित्दै भत्किएको छ ।स्थानीयवासीले ठेकेदार कम्पनीले कमसल निर्माण सामग्रीको प्रयोग गरेको आरोप लगाएका छन् ।

शहरी विकास मन्त्रालयले बोलपत्र आह्वान गरी शहरी विकास कार्यालय वीरगञ्जले ठेक्का सम्झौता गरेको जनाइएको छ।उनीहरुले कार्यालयका कर्मचारी तथा ठेकेदार कम्पनीको मिलेमतोमा कमसल निर्माण सामग्रीको प्रयोग हुँदा नाला भत्किएको जनाएका छन् ।

कलैया उपमहानगरपालिकाभित्र सडक स्तरोन्नति तथा मर्मत गर्न आशिष ओंम साई कन्ट्रक्सन जेभीले २०७६ वैशाख १६ गते ठेक्का पाएको थियो । सो आयोजनाको कुल लागत रु ४८ करोड २२ लाख ५७ हजार ६८९ रहेको छ ।

सडक विस्तार कार्यलाई चार भागमा विभाजन गरी ठेकेदार कम्पनी जेभिले कलैया उपमहानगरपालिका–२ को दोहोरी स्कुलदेखि पकडी गाउँसम्म निर्माण गरिरहेको नालामा कमसल सामग्री प्रयोग गरी बनाएकाले नाला चुहिने गरेको स्थानीय उपेन्द्र यादवले बताउनुभयो।

उहाँले ८७ सेन्टि मिटर अग्लो नाला भत्किदा नालाको पानी स्थानीयको घर खेतमा पसेको जानकारी दिनुभयो । कार्यालयका इञ्जिनियर धिरेन्द्र यादवले निर्माणको अनुगमन गरिने र भत्किएको भए पुन निर्माण गर्न लगाउने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]