०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

प्रदेश नं २ सरकारले सलह कीरा नियन्त्रण गर्न कार्ययोजना तयार गरे

Logo
प्रकाशित आइतबार, आषाढ १४, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम, १४ असार। प्रदेश नं २ सरकारले सलह कीराका कारण अन्नबालीमा हुने नोक्सानबाट जोगिन र सो कीरालाई नियन्त्रणका लागि कार्य योजना तयार गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव, प्रदेशका कृषि विकास निर्देशनालय र पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयका निर्देशकसहितको टोली स्थलगत अवलोकन तथा निरीक्षण गरी नियन्त्रणका उपायबारे किसानसँग अन्तक्र्रिया गरी कार्ययोजना तयार गरेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले विज्ञप्ति जारी गर्दै सलह कीरा नियन्त्रण गरी बालीनालीको क्षति रोक्न हरसम्भव मद्दत गर्ने प्रतिबद्धता प्रकट गर्नुभएको छ । यस प्रदेशको सर्लाही, बारा र पर्सामा शनिबार भारतबाट सलह कीरा प्रवेश गरेको हो ।

हावाको दिशा अहिले दक्षिणबाट उत्तरतर्फ भएकाले सलह कीराकोे नेपाल प्रवेश भएको देखिएको छ । शनिबार बिहान ८ः०० बजे प्रवेश गरेको भनिएको यो कीराको उपस्थिति साँझमा समेत देखिएको जानकारी प्राप्त भएको छ । अहिले कीराको सङ्ख्या, फैलावट र क्षतिबारे यकिन गर्न नसकिए पनि यसको उपस्थिति न्यून रहेको छ ।

प्रदेश नं २ मा मनसुन शुरु भइसकेकाले यसको थप प्रवेश र फैलावट कम हुने विश्वास गरिएको छ । कीरालाई बालीनाली र रुखबिरुवा भएका क्षेत्रबाट धपाएर चरण क्षेत्रमा पठाउन सकिए क्षति न्यूनीकरण गर्न सकिने हुँदा कीरालाई धपाउन थाल, ड्रम आदि ठटाउने जस्ता उपायका साथै विषादी छर्कनसमेत किसानलाई मन्त्री साहले आह्वान गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]