०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका दलित समुदायमाथि प्रहरीद्वारा बल प्रयोग

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ असार। प्रादेशिक अस्पतालको आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा प्रदर्शनमा उत्रेकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

दलितहरुको उल्लेख्य सहभागिता रहेको जुलुस नाराबाजी गर्दै बजार परिक्रमा गर्ने क्रममा मुख्यमन्त्री कार्यालय अगाडि पुग्दा प्रहरीले रोक्न खोजेका थिए । जुलुस नरुकेर लगातार जान लाग्दा प्रहरीले लाठी प्रहारका साथै अश्रु ग्यास समेत प्रहार गरेको दलित युवा पचु माझीले बताए ।

प्रहरीले गरेको लाठी चार्जबाट केहि व्यक्ति घाइते भएका छन् । दुई जनाको टाउको नै फुटेको दलित समुदायका अगुवा माझीले बताए । उनका अनुसार कल्याण सदा र रामप्रित सदाको टाउको फुटेको छ ।

दलित संघर्ष समितिको अगुवाईमा निकालिएको बिरोध जुलुसमा धनुषाको बिभिन्न ठाउँबाट हजारौं दलित समुदायले सहभागिता जनाएका थिए । प्रहरीले प्रदर्शनमा सहभागी केहि व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ ।

धनुषाका प्रहरी प्रमुख रमेश कुमार बस्नेतले मुख्यमन्त्री कार्यालयमा ढुँगामुडा गर्न गएका कारण बल प्रयोग गर्नुपरेको बताएका छन् । उनले ढुँगामुडाबाच जोगाउन ५ राउण्ड हवाई फायर र ६ राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको जानकारी दिए ।

प्रहरीले बिना कारण आफूहरुमाथि बल प्रयोग गरेको भन्दै अगुवाहरुले आन्दोलनलाई झन चर्काउने बताएका छन् । अगुवा चन्देश्वर सदाले भने, “प्रहरीले बन्दुक देखाएर हामीलाई तर्साउन खोज्यो, तर हामी तर्सिनेबाला छैनौं । आन्दोलन अझ चर्काे हुन्छ ।”

उनले न्याय माग्दा प्रहरीले अन्याय गरेकाले आन्दोलनलाई निरन्तरता दिइने बताए ।

गत असार ९ गते आइसोलेसनमै छटपिटएर धनुषाको हंसपुर नगरपालिकाका १६ बर्षीय राजु सदाको ज्यान गएको थियो ।

यस्तै, सबारी ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय सबैलामा थुनिएका स्थानीय शम्भु सदा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनको हत्या गरिएको दलित अगुवाले बताउँदै आएका छन् । राजु र शम्भुको मृत्यु सम्बन्धमा छानबिन गरी दोषीलाई कार्वाही गर्न माग गर्दै दलित संघर्ष समितिको अगुवाईमा बिहीबार प्रदर्शन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]