०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

नागरिकता विधेयक बिषयमा गठबन्धन बनाएर सहकार्य गर्न डा राउतद्वारा अन्य पार्टीसंग आग्रह

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२० असार । जनमत पार्टीले नागरिकता विधेयकको बिषयलाई लिएर गठबन्धन बनाएर एकीकृत आन्दोलन गर्न आन्दोलनरत दलहरुसँग आग्रह गरेको छ ।

यही अलग अलग छिन्न भिन्न तरिकाले संघर्ष गर्नुको सट्टा सम्पूर्ण आन्दोलनकारी शक्तिहरुको बृहत गठबन्धन बनाएर सहकार्य गर्न उनले आह्वान गरेका हुन् । यसरी अगाडि बढ्दा नै अधिकार आन्दोलनलाई निर्णायक बनाउन सकिने उनको तर्क छ ।

‘यसो गर्न सकिए मात्रै जनताको हक अधिकार सुनिश्चित गर्न सकिने भएकाले संयुक्त अधिकार आन्दोलन मोर्चामा सहभागी हुनका लागि हार्दिक अनुरोध गर्दछौं’ डा. राउतले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, “बृहत गठबन्धनको नाम, एजेन्डा तथा आन्दोलनका कार्यक्रमहरु आपसी छलफलबाट टुँगो लगाइनेछ ।”

कोरोना महामारीको बन्दाबन्दी रहेको मौका छोपेर गैर जिम्मेबार, असंवेदनशिल र षड्यन्त्रकारी प्रबृत्ति देखाउँदै राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकता ऐन संशोधन विधेयकसहित सरकारका अन्य कतिपय निर्णय तथा गतिविधीहरु मधेशी, आदिवासी, जनजाती, दलित, मुश्लिम र अल्पसंख्यकसहित उत्पीडित वर्गका जनताहरुले दशकौदेखि पटक–पटक गरेका आन्दोलनहरु र त्यसबाट संस्थागत भएका उपलब्धीहरुप्रति प्रतिगामी तथा जनचाहना विपरित रहेको राउतले ठहर गरेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]