११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

सिराहामा ५ लाख घुस सहित मेयरका छोरालगायत दुई पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

मनोज बनैता

सिराहा, ३१ असार । सिरहामा ५ लाख कमिसनको रकम सहित एक मेयरका छोरा लगायत दुईजनालाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा बर्दिबासबाट खटिएका अख्तियार दुरुपयोग अनुसन्धानका टोलिले लाहान २२ को राजदेवी चौक नजिक रहेका एक पेट्रोल पम्पमा कमिसन लेनदेन गरिरहेकै बेला सन्त मण्डल र जितेन्द्र महतो पक्राउ परेका हुन ।
डिएसपी मधु कुमार थापा को कमान्डमा खटिएको टोलिले बुधबार दिउँसो १:५० मा जिल्ला सिरहा कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलका छोरा सन्त मण्डल र जितेन्द्र महतोलाई रङ्गेहात गिरफ्तार गरेको हो । कल्याणपुरका मेयर मण्डलले डिपिआर गरेको भुक्तानी दिन सेवाग्राही संग रु. ५ लाख घुस मागी आफ्नो छोरा सन्त मण्डललाई लाहानको राजदेवी चौकमा पठाएको सुचना प्राप्त भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]