११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

रोटरी क्लब लाहानद्वारा क्यान्सर केयर सेन्टरमा वृक्षारोपण

Logo
प्रकाशित शुक्रबार, साउन ०२, २०७७

रबिन्द्र श्रेष्ठ
लाहान, २ श्रावण । लहानको क्यान्सर केयर सेन्टरमा रोटरी क्लब अफ लहानको आयोजनामा वृक्षारोपण कायक्रम गरिएको छ ।  क्लबका अध्यक्ष शुशिल अग्रवालको अध्यक्षतामा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
लहान क्षेत्रमा हरियाली तथा  बातवरण संरक्षण गर्ने उद्देश्यले बृक्षारोपन गरिएको क्लबका अध्यक्ष शुशिल अग्रवालले बताए । बृक्षारोपन कार्यक्रममा अशोकको बोट र गिलोई (गुर्जो ,  गुर्गुज) को बिरुवा पनि रोपिएको छ ।
बृक्षारोपन कार्यक्रमा आन्तरिक राजश्व: कार्यालय लहानका प्रमुख कमल बहादुर राजलवट बताउनुहुन्छ – ” गुर्जो एक किसिमको आयुर्वेदिक बिरुवा हो । यसमा धेरै किसिमको रोग निको पार्ने औषधिय गुण पाईन्छ । अहिलेको कोरोना भाईरस ( COVID -19 ) विश्वव्यापी महामारीमा यो जडीबुटी सेवन गरेमा शरिरमा ईम्युनिटी पावर बृद्धि भई धेरै नै रोकथाम गर्न सकिन्छ । मैले गुर्जोको बेर्ना लहानबाट नेपालको धेरै मन्त्रालय र स्थानमा पठाई नेपाल र नेपालीलाई स्वास्थ्य राख्ने  अभिलाषा रहेको छ ।मैले गुर्जो नेपालको हरेक स्थानमा पुर्याउने र यसको महत्वको बारेमा प्रचार प्रशार गर्ने अभियानकै रुपमा लिएको छु। ”
बृक्षारोपन कार्यक्रममा  सिराहा जिल्ला उधोग बाणिज्य संघका अध्यक्ष तथा लहान क्यान्सर केयर सेन्टरका अध्यक्ष अशोक लाल अमात्य, स्थानीय बुद्धिजीबी, ब्यापारी, संचारकर्मी र क्लवका  पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]