०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

विभिन्न पार्टी परित्याग गरी सयौजना जनता समाजवादीमा प्रवेश

Logo
प्रकाशित शनिबार, साउन ०३, २०७७

रंजित चौरसिया
वीरगंज,३ साउन ।पर्सामा विभिन्न पार्टी परित्याग गरी सयौजना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन ।वीरगञ्जमा आयोजित एक कार्यक्रमका बिच पर्सागढी नगरपालिकाका स्थानीय महिला र पुरुष गरी सयजना भन्दा बढीले नेकपा, कांग्रेस लगाएत विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तथा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रहलाद गिरीले नव प्रवेशीहरूलाई अबीर तथा फुलमाला लगाई स्वागत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद प्रहलाद गिरीले जनता समाजवादी पार्टी देशको तेस्रो ठुलो दल भएको बताउदै देशभरी नै जनता समाजवादी पार्टी प्रती जनलहर बढेको बताउनु भयो ।

उनले अहिलेको केपी ओलीको सरकारले नागरिकता तथा राष्ट्रीयताको मुद्दा उठाएको आड मा सरकार टिकाउने अस्त्र बाहेक अरु केही हासील नहुने ठोकुवा गर्नु भयो ।सरकारले गरेको भ्रष्टाचार लुकाउन जनताको ध्यान अन्य विषय तिर मोडेर नया नया नौटंकी शुरु गरिएको उनले आरोप लगाए ।

जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद करिमा बेगम,भिमा यादव र पार्टीका नेता विन्देश्वर यादव, उपाध्यक्ष बासुदेव यादव, सुन्दर कुर्मी पर्सागढी नगरपालिका वडा नं ५ का वडाध्यक्ष असलम आलम, अशोक यादव, नगर अध्यक्ष शेख खुर्सेद, जितेन्द्र यादव लगाएतको उपस्थिति रहेको थियो ‌। कार्यक्रमको सहजीकरण जिल्ला सचिव तबरेज अहमदले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]