११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

एक हजारको लागि एक दलितको हत्या, मानवता कहाँ हरायो?

Logo
प्रकाशित सोमबार, साउन ०५, २०७७

मनोज बनैता
सिरहा, ५ श्रावण । सापटी लिएको हजार रुपैयाँको लागि लाहानका एक दलित युवाको हत्या भएको छ । सिरहा कारागारमा साथी संग एक हजार सापटी लिएका लहान नगरपालिका–१ मर्टियर्वाका १९ वर्षीय रोशनकुमार रामको हत्या गरिएको छ ।

लागुपदार्थ मुद्दामा पक्राउ परेका राम ले धरौटीको लागि १० हजार रुपैयाँ तिर्न न सक्दा उनीलाई पुर्पक्षका निम्ति जेल चलान गरिएको थियो जहाँ उनले एक कैदी साथी सित १००० सापटी लिएका थिए । सापटी रकम नै उनको मृत्युको कारण बन्न पुग्यो । जेलमा रहेका अर्का कैदि युवक जयकुमार यादवले रामलाई हजार रुपैया दिएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल जैसवालका अनुसार १० असारमा धरौटी बुझाएपछि रोशन राम छुटेका थिए । कर्जा लिई १० हजार धरौटी बुझाए पछि उनी रिहा भएको उनका बुबा सिफैत रामले जानकारी दिए ।

केही दिन पछि जयकुमार यादव पनि जेलबाट रिहा भएपछि २६ असारमा एक हजार सापटी फिर्ता लिन स्थानीय एक युवा साथी २२ वर्षीय मुकुन्दकुमार कटुवाललाई लिएर रोशन रामको घरमा गएका थिए । जयले पैसा देउ र नदिए जे पनि हुन सक्ने भन्दै रोशनलाई धम्काएको उनकी आमा सुनैरदेवीले बताइन् ।

भोलिपल्टै जयकुमारले रोशनलाई घुम्न जाऔँ भन्दै लगे तर दुर्भाग्यवश चार दिनपछि बताहा खोलामा उनको लास भेटियो । उनको शव ३० असारमा मिर्चैया–९ बतहा खोला पुलनजिक गमहरिया महेशपुर जाने बाटोको डिलमुनि काँसघारीको पानी जमेको खाल्डोमा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले कुहिएको अवस्थामा शवलाई पोस्ट्मार्टम गर्न लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा ल्याएको थियो । बेवारिसे शवको १ साउनमा पोस्टमार्टम गरिएको जानकारी प्रहरी श्रोतले जनाएको छ । कपडाको कारणले शवलाई चिनेका रोशनका बुबा सिफैत स्तब्ध भए ।

रोशन राम भर्खरै बिहे गरेका युवक थिए र पारिवारिक श्रोत अनुसार उनी वैदेशिक रोजगारका लागि प्रतीक्षारत थिए । छोराको हत्याको आरोपमा सिफैतले प्रहरीमा किटानी जाहेरी दिएका छन् । उनको जाहेरीका आधारमा आइतबार जय र मुकुन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी जैसवालले बताए । यसमा थप अनुसन्धान भइरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]