०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मानव बेचविखनमा परेका ४१ महिलाको उद्धार

Logo
प्रकाशित सोमबार, साउन ०५, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौं ,५ श्रावण । नेपाल प्रहरीको मानव बेचबिखन अनुुसन्धान ब्यूरोले बन्दाबन्दीका समयमा नेपाल तथा भारतका विभिन्न स्थानबाट मानव बेचविखन तथा ओसारपसारमा परेका ४१ जनाको उद्धार गरेको छ ।

ब्यूरोको टोलीले बन्दाबन्दीको समयमा विभिन्न प्रलोभनमा परेर पीडित बनेका ४१ जनालाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समन्वयनमा उद्धार गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले बन्दाबन्दीको समयमा नेपाल तथा भारतका विभिन्न स्थानमा बेचविखनमा परेका नेपाली महिलाको उद्धार गरिएको जानकारी दिनुभयो ।

प्रहरीले भारतको नयाँदिल्लीबाट सात, मनिपुर भारतबाट २१ र नेपालका विभिन्न स्थानबाट १३ महिलाको उद्धार गरेको छ । नेपालको नवलपरासीबाट दुई, कैलालीबाट दुई, सुनसरीबाट दुई, चितवनबाट दुई, कास्कीबाट दुई, मकवानपुरबाट एक, बर्दियाबाट एक र बाँकेबाट एक महिलाको उद्धार गरेको हो । प्रहरीले मानव बेचविखनमा संलग्नलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम अनुसन्धान तथा कारवाही गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]