०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

‘कृष ४’ मा ऋतिकको चार फरक – फरक भूमिकामा

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ श्रावण । हिन्दी फिल्म ‘कृष’ सिरिजको आउँदो भागमा अभिनेता ऋतिक रोशनले चार फरक–फरक भूमिका निभाउने भएका छन् । मिडिया रिपोर्टसका अनुसार यतिबेला फिल्मको स्किृप्टमाथि धमाधम काम भइरहेको छ ।

लामो समयदेखि ‘कृष ४’ दर्शकको प्रतीक्षामा छ । ‘कृष’ सिरिजमा शीर्ष भूमिका निभाउँदै आएका ऋतिकले चौथो भागमा ४ फरक–फरक भूमिका निभाउन लागेका हुन् ।

भारतीय मिडियाका अनुसार फिल्मको कहानीमा पनि परिवर्तन गरिएको छ । यद्यपि फिल्म युनिटले यसबारेमा कुनै प्रतिक्रिया भने जनाएको छैन ।

अहिले फिल्मको प्री–प्रोडक्सनको काम शुरु भइसकेको छ । फिल्मलाई राकेश रोशनले निर्देशन गर्नेछन् ।

ऋतिक रोशन र राकेश रोशनको फ्रेन्चाइज ‘कृष’ का यसअघि ३ सिरिज हिट भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]