०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

कैलालीमा रासायनिक मल अभाव

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

न्यूजमधेश सम्बादाता
टिकापुर ,१० श्रावण । कैलालीका धानखेतीमा ‘टपड्रेसिङ’का लागि किसानलाई आवश्यक मल अभाव भएको छ । धान बाली गाजिने अवस्थामा टपडे«सिङ गर्न रासायनिक मल युरिया आवश्यक भए पनि यहाँका बजारमा अभाव सिर्जना भएको छ । धानखेतीमा छिपछिपे पानी भएका बेला युरिया मल आवश्यकताअनुसार छर्ने गरिन्छ ।

युरिया मल आवश्यक भइरहेका बेला चरम अभाव भएपछि किसान दुःखी भएका छन् । विगतका वर्ष धान खेतीका लागि आवश्यकपर्ने मल युरियाको अभाव हुँदा भारतीय बजारबाट भए पनि किसानले मलको पूर्ति गर्दै आएका थिए तर यो वर्ष भारतीय सीमा नाका बन्द हुँदा किसानमलको चरम अभाव झेल्न बाध्य छन् ।

धानखेतीको लागि किसानलाई तत्काल आवश्यक भइरहेको रासायनिक मल युरियाको उपलब्धता कतैबाट नभएको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीले जनाइएको छ । किसानका लागि अतिआवश्यक भए पनि युरिया मल तत्काल उपलब्ध गराउन सकिने अवस्था छैन । कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले भन्नुभयो, “किसानका दैनिक गुनासो गर्न थालेका छन् तर कतैबाट मलको जोहो गर्न सकिने अवस्था छैन ।” कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयमा अहिले पोटासबाहेक अन्य मलको मौज्दात शून्य छ । कम्पनीसँग अहिले २६० मेट्रिकटन पोटास स्टक रहेको भए पनि अन्य मल नै नभएको प्रमुख बोगटीले बताउनुभयो ।

“मल ल्याउनका लागि पहल भइरहेको छ । पहल भए पनि तत्काल कतैबाट ल्याउने सम्भावना देखिँदैन”, बोगटीले भन्नुभयो, “साउनको अन्तिम सातासम्म युरिया मल आउनसक्ने आश्वासन पाएका छौँ ।” कैलालीमा १५ हजार मेट्रिक टन युरिया, खपत भए पनि तत्काल कम्पनीले चार हजार टन युरिया मलको माग गरेको छ । मल नपाएपछि किसान यस वर्ष धान उत्पादन घट्ने बताउँछन् । “धानखेती राम्रो उत्पादन लिन मल, सिँचाइ सबैको तालमेल मिल्नुपर्छ”, किसान किसान रवीन्द्र ओली भन्नुहुन्छ, “किसानलाई सहजरुपमा मल, बीउ, सिँचाइजस्ता सुविधा मिलाइदिने काम सरकारले गरिदिनुपर्छ । किसानलाई खेतीमा प्रोत्साहन गर्न आवश्यक सामानको जोहो समयमै गरिदिनुपर्छ ।” उहाँ किसानले खेतीका लागि आवश्यक मल, बीउकै लागि लड्नुपर्दा, भौतारिनु पर्दा कृषिप्रति आकर्षित हुन नसकेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]