०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मानसिक तनावका कारण आत्महत्या बढ्यो

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौं,१० श्रावण । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ देखि साउन ४ गतेसम्म बन्दाबन्दीको समयमा मात्र विभिन्न तवरबाट उक्त व्यक्तिले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमध्ये पुरुष एक हजार १७२, महिला ८११, बालक ९४ र बालिका १४१ रहेका छन् ।

प्रहरीका अनुसार झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गरेका छन् । झुण्डिएर एक हजार ८२८, विष खाएर ३४६, हाम फालेर १९, डुबेर १२, हातहतियारबाट आठ, आगो लगाएर चार र करेन्ट लगाएर एकजनाले आत्महत्या गरेका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही आत्महत्याको मुख्य कारण मानसिक तनाव भएको बताउनुहुन्छ । “प्रहरीले बढ्दो आत्महत्याको दर रोक्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग एवम् मनोपरामर्श दिने विभिन्न सङ्घ संस्थासँग समन्वय गरी आत्महत्या रोकथाम तथा न्यूनीकरणका काम गरिरहेको छ,”–उहाँ भन्नुहुन्छ ।

यस्तै, प्रहरीले आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सन्चालन, समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत आत्महत्या गर्नसक्ने लक्षित वर्गको पहिचान गरी आत्महत्या न्यूनीकरणसम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन, नेपाल प्रहरीको सामाजिक सञ्जालमा आत्महत्या न्यूनीकरणका लागि सचेतनामुलक सामग्री सम्प्रेषण गरी आत्महत्याका घटनाको सूक्ष्म अनुसन्धान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]