११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

दबङ्ग वडा अध्यक्षद्वारा दलित माथी दमन, आफन्तलाई ‘हाई’ पिडितलाई ‘बाई’

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

मनोज बनैता
सिरहा, ११ श्रावण । मिर्चैया – ३ का वडा अध्यक्ष हरि कुशियैत यादवमाथी काखा पाखा गरेको आरोप लागेको छ । मिर्चैया ३ स्थित राघोपुरका करिब ६० घर द्लित समुदायले अध्यक्ष यादव माथी बेईमानी गरेको आरोप लगाएका छन । स्थानीय सरकार र प्रदेश सरकारबाट उपलब्ध विभिन्न योजनाहरु आफ्नै गाउँमा लागू गरि आफुहरुलाई उक्त सेवाबाट बन्चित गरेको भन्दै स्थानीय राघोपुरबासीले बिरोध गरेका छन ।

सभासद राजकिशोर यादवद्वारा उपलब्ध गराईएको १९ लाखको घर छाउने पाता, डिप बोरिङ ४ थान, नगर र प्रदेश गरि २.५ लाखको कोरोना कोष, किसानको लागि मल/बीउ, नगरपालिका द्वारा दिईएको कुट्टी काट्ने मेसिन ४ थानलगायतका सुविधा बाट बन्चित भएपछि राघोपुरका दलितहरू आन्दोलित भएका हुन ।
स्थानिय हरिलाल पासमानको अनुसार वडा अध्यक्ष यादव दबङ्गगिरी देखाउदै आफ्नालाई बोलाई बोलाई सुविधा दिएको र दलितलाई पाखा लगाएको भन्दै आक्रोश पोखेका छन ।

घर छाउने पाताको लागि राघोपुरबासी ले करिब तीन महिना देखि योजना संचालन गर्न माग गर्दै आएका छन । दलितहरुले असार १८ गते वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए । वडा अध्यक्ष यादवले श्रावण ४ गते तालाबन्दी खोल्ने प्रयास गर्दा झडप भएको थियो जसमा करिब आधा दर्जन दलितहरु घाईते भएका थिए । विवादको क्रममा वडा अध्यक्ष यादव, किशोर यादव लगायतले उमेश सदाय, रुपेश सदाय, मरनी देवी सदाय, डोमीनी देवी सदाय सहित ६ जनालाई कुटपिट गरिएको थियो । कुटपिटमा उमेश सदायको टाउकोमा गम्भीर चोट लागेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]