११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

परिवर्तन, प्रतिष्ठा र प्रवृत्तिको भुमरीमा लक्ष्मीपुर पतारी गाउँपालिका

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

मनोज बनैता
सिरहा, ११ श्रावण । समथर जिल्लाको विकट ठाउँको रुपमा चिनिने लक्ष्मीपुर पतारी गाँउपालिकाको मुहार देशको राजनैतिक अवस्था फेरिए झैँ फेरिएको छ । तत्कालीन संघिय समाजवादी फोरम बाट निर्वाचित अध्यक्ष राम बल्लभ साहले हिउँदमा हिलाम्मे हुने सडकलाई ठोस योजना ल्याई जताततै ढलान कार्यलाई निरन्तरता दिएको स्थानीय बताउछन ।

देशमा मधेशवादको जग बसाल्नमा पनि अहम भुमिका खेल्ने अध्यक्ष साहको आँखाले ‘समृद्ध मधेश सहितको विकसित देश’ को सपना देखेको छ । उनको अनुसार देश बदल्न पहिला गाउँ बदल्नु पर्यो अनि मात्र समृद्धिको यात्रा रोमाञ्चित हुनेछ । मधेशवादको मनोविज्ञानलाई आत्मसात गर्ने अध्यक्ष साहले विभिन्न ठोस योजनाहरु ल्याई छिमेकी गा.पा र न.पा हरुलाई उत्प्रेरित गरेको छ । लक्ष्मीपूर पतारी गाँउपालिकाको वडा नम्बर ३ हरिनगर गाँउमा नाला निर्माण, आरसिसी पक्की सडक ढलान र पोखरीको सौन्दर्यकरणले गाँउको मुहार नै परिवर्तन भएकोमा स्थानीयहरु खुसी भएका छन् ।

२७ वर्षीय श्याम साह ले भने ‘स्थानीय युवा नेता राजु गुप्ताको पहलमा दुई तर्फी नाला सहितको पक्की सडक बन्यो । हामीले कल्पना समेत गरेका थिएनौ । जेहोस युवा नेता गुप्ता, वडा अध्यक्ष हनुमान मण्डल र अध्यक्ष साह धन्यवादका पात्र हुन ।’ वडाध्यक्ष हनुमान मण्डलका अनुसार बर्षै पिच्छे सडकमा माटो दिई लाखौं खर्चिनु भन्दा एकै पटक ठोस काम भए स्थानीयले सास्ती भोग्नु पर्दैन ।

अध्यक्ष राम बल्लभ साहका अनुसार प्रत्येक वडामा दिगो बिकासका योजनाहरु कार्यान्वयन भएको छ र निकट भविष्यमा समेत यस्ता सृजनशिल योजनाहरु ल्याईने छ । सडक, कृषि बिधुतीकरण पश्चात् रोजगार मुलक साना साना उधोग तथा कलकारखानाहरुलाई समेत प्राथमिकता मा राखिने साहले बताए । उनको अनुसार विभिन्न प्रकारका तालीम लिनेहरुको लागि यदि आफ्नै गाउँ ठाउमा कारखानाहरु भईदियो भने कसैलाई रोजगारीको लागि यताउता जानुपर्ने बाध्यता रहनेछैन ।

परिवर्तनको स्वाद चाखेका गाउँपालिका ले चुनाव यता विभिन्न आरोह अवरोध पार गर्दै प्रदेश २ मै आफ्नो छुट्टै प्रतिष्ठा र पहिचान कमाउन सफल भए संगै हाल आएर गलत नियति र प्रवृत्तिको शिकार बन्न पुगेको छ । अध्यक्ष साहको अनुसार असार महिनामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले गाउँपालिकालाई आर्थिक रुपमा बन्धक बनाएका छन । उभपोक्ता समितिबाट सम्पन्न योजनाको भुक्तानी दिन अधिकृतले आनाकानी गरेपछि समस्या सृजना भएको हो ।

उनको अनुसार अधिकृत यादव दलबलको साथ कार्यालय आउने र विभिन्न बहानामा कार्यालयबाट गइहाल्नुले उपभोक्ता समुहलाई समस्या भएको हो । यादवको गतिविधिले धैर्यता र संयमताको सीमा नाघ्न लागेकोले न्यायको लागि अदालत जानु वाहेकको विकल्प नरहेको अध्यक्ष साहले बताए । लक्ष्मीपुर पतारीमा दिगो विकासको काम लकडाउनमा पनि उपभोक्ता समितिले जोखिम उठाएर व्याजमा रुपियाँ लिएर योजना सम्पन्न गरेको छ |  १९ गते असारमा हाजिर भएको अधिकृत यादव लेटर प्याडको प्रयोगगरी असार ४ गते नै बैंक खाता रोक्का गर्नुले नियतमा खोट रहेको साहको जिकिर रहेको छ ।
यता प्रशासकीय अधिकृत यादवले सबै योजनाको अनुगमन गरेर मात्रै चेकमा हस्ताक्षर गर्ने र भुक्तानी दिने जानकारी गराएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]