०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सघाराको स्वास्थ्य चौकीमा छैन शौचालय

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,१२ श्रावण। धनुषाको कमला नगरपालिका वडा नम्बर ४ सघारामा रहेको स्वास्थ्य चौकीमा लामो समयदेखि शौचालय छैन। स्वास्थ्य चौकीमा कार्यालय सहयोगी र खानेपानीसमेत अभाव छ।

शौचालय र खानेपानी नहुँदा कर्मचारी तथा उपचारका लागि आउने बिरामीलाई समस्या भएको स्वास्थ्य चौकीका सहइन्चार्ज राजकिशोर यादवले बताए।

स्वास्थ्य चौकीमा तिन पुरुष र तिन महिला गरि जम्मा ६ जना कर्मचारी कार्यरत छन्।पुरुष शौचका लागि वरपर खुला स्थानमा जाने र महिला कर्मचारीलाई अरूको घरको सहारा लिनुपर्ने बाध्यता रहेको उनले बताए।

समस्याबारे पटकपटक कमला नगरपालिकाका मेयर राम उदगार गोईत र वडाध्यक्ष पल्टु कबारीलाई आग्रह गर्दा पनि कुनै चासो नलिइ मौन बसेको सह ईन्चार्ज यादवले आरोप लगाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]