मनोज बनैता
सिरहा, १५ श्रावण । सप्तरी क्षेत्र नम्बर ४ ( ख) बाट जनता समाजवादी पार्टी बाट निर्वाचित प्रदेश सभा सदस्य अभिषेक यादवले पुन: लकडाउनको प्रदेश २ सरकार समक्ष माग गरेका छन । यादवले प्रदेशमा दिनप्रतिदिन कोरोना भाइरस संक्रमित थप्दै गएकोले जनधनको क्षति रोक्न प्रदेश सरकार समक्ष उक्त माग अघि सारेका हुन ।
यादवले पुर्ण पिसिआर टेस्ट को दायरा बढाई पुनः लकडाउन गर्नुको कुनै अन्य विकल्प नरहेको जनाएका छन। कोरोना कहर प्रति सजग रहनुको साथ साथै बाढी पिडित क्षेत्रमा अबिलम्ब ठोस् कार्ययोजना बनाई नदि काटन नियन्त्रण र पिडितलाई पुनःस्थापन गर्न राहत प्याकेज ल्याउन समेत यादवले प्रदेश सरकारलाई आग्रह गरेका छन ।