११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

दलित बस्तीमा ईनार निर्माण गरि समाजसेवी चौधरीले मनाए जन्मदिन

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

मनोज बनैता
सिरहा, १५ श्रावण ।
सिरहाको लाहान नगरपालिका २४ मा मस जोडीको अगुवाईमा ईनार निर्माण गरिएको छ । जन श्रमदान र मस जोडी (महेश चौधरी र संगिता कर्माचार्य) को ब्यक्तिगत लगानीमा ईनार खनिएको स्थानीय कमल पासमानले जनाएको छ ।

महेश चौधरीको जन्मोत्सवको शुभ उपलक्ष्यमा उद्घाटन गरिएको ईनारको पानीले करिब २५ घर दलित समुदाय लाभान्वित भएको स्थानीयवासी सोखिया सदाई बताउँछिन । सुख्खा मौसममा पानीको हाहाकार हुने पक्की टोलमा मस जोडीको ‘पानी खुवाउने’ अभियानबाट त्यहाँका जनसमुदाय ज्यादै हर्षित भएको एक संचारकर्मी धर्मेन्द्र पासवान ले जनाए । अनुमानित १ लाख ५० हजारमा निर्माण गरिएको उक्त ईनार ले पिउन पानीको साथ साथै सिचाईको लागि पनि उपयुक्त भएको स्थानीय राजेन्द्र पासमानले बताए ।

ईनार खन्ने, खाद्यान्न बाटने, लत्ताकपडा बाडने, फलफूल बितरण तथा गर्भवती महिलालाई पौष्टिक आहार वितरणलगायतका कार्यले मस जोडीले विगत केहि महिना देखि निकै चर्चा बटुलेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]