०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मूर्तियामा पुरातात्विक आकृति फेला

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही ,१५ श्रावण ।हरिपुर नगरपालिका वडा नम्बर ९  हजार बिघा मूर्तियामा पोखरी खन्ने क्रममा पुरातात्विक महत्वका आकृति फेला परेका छन् ।

पोखरी खन्ने क्रममा नजीकै रहेको माटोको ढिस्को सम्याउँदा तीन तला भएको एक फिट उचाइ भएको शिवलिङ्ग र शिवलिङ्गको भाग फेला परेको वडाध्यक्ष तुलसी लुइँटेलले जानकारी दिनुभयो ।

मूर्तियामा ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर रहेको छ भने विभिन्न स्थान उत्खननका क्रममा पुराना धार्मिक सामग्री भेटिने गरेका छन् । पोखरी खन्ने क्रममा भेटिएको शिवलिङ्ग र बसाहा तथा मयूर र सर्पको आकृति भएका पुरातात्विक वस्तु फेला परेका छन् ।

पुरातात्विक महत्वका केही वस्तु पुरातत्व विभागले लगेको र केही चक्रेश्वर महादेव मन्दिर संरक्षण समितिको संरक्षणमा रहेको वडाध्यक्ष लुइँटेलले बताउनुभयो । नजिकै मुक्तेश्वर मन्दिर क्षेत्रमा पनि उत्खनन गर्दा पनि त्यस्ता वस्तु फेला पर्न सक्ने जनाइएको छ ।

चक्रेश्वर महादेव मन्दिर संरक्षण समितिको संरक्षणमा रहेका ती पुरातात्विक आकृतिको आफूहरुले पूजाआजा शुरु गरेको मन्दिरका अध्यक्ष रिऋ महतोले बताउनुभयो ।केही दिन पहिला फेला परेका पुरातात्विक महत्वका आकृतिको अवलोकनका लागि पुग्नुभएका नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले मूर्तिया क्षेत्रमा पुरातत्व विभागको टोली ल्याएर अध्ययन गराइने बताउनुभयो ।

पोखरी नजिक भेटिएका मूर्ति अवलोकन गर्न पुग्नुुभएका अध्यक्ष पन्तले सो क्षेत्रका विद्युत्, बाटो र अन्य समस्या समाधान गर्न पनि आफू लागिपर्ने वचन दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]