१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

घरेलु हिंसाका शिकार खातुन बच्चा च्याप्दै न्यायको खोजीमा

Logo
प्रकाशित मंगलबार, भाद्र ०२, २०७७

मनोज बनैता
सिरहा, २ भदौ ।
बिहे भएदेखि नै घरेलु हिंसाका शिकार हुन पुगेकी एक मुस्लिम महिला न्यायको खोजीमा छिन । विवाह भएको केही हप्तादेखि लगातार सासु, ससुरा र श्रीमानबाट अन्याय खेप्दै आएकी लहान नगरपालिका ९ खुट्टी खोला पारी की २३ वर्षीया मुन्नी खातुन न्याय खोज्न विभिन्न संघसंस्थामा धाउने गरेकी छिन ।

२०७३ साल जेठ १९ गतेमा लहान ९ का मो. मुुरतुजा मियाँको छोरा मो. सदाम र लहान ५ बस्ने मो. नसिरकी छोरी मुन्नी खातुन बीच मुस्लिम धर्म, संस्कृति अनुसार विवाह सम्पन्न भएको थियो । पिडित खातुनका अनुसार विहे हुनु भन्दा अगाडीदेखि नै केटा अर्को केटीसंग अनैतिक सम्वन्ध राख्दै आएको थियो । मैले जति सुकै सम्झाउदा पनि नमान्ने र विभिन्न यातना दिदै म तँसंग पैसा र घरमा काम गराउन विहे गरेको हो भन्दै यादता दिने गरेका थिए ।
पिडित खातुनबाट छोरी जन्मेपछि सासु ससुराले घर छोड्न भन्ने, हान्ने त्यस्तै श्रीमानले समेत गाली गलौज गर्दै पिट्दै, ज्यान मार्ने सम्मको धम्की दिदै आए पछि उनि माइतीमै बसेर न्याय खोज्दै सरसमाज, न्यायिक समिति, ५ नम्बर वडा कार्यालयलगायत विभिन्न संघ संस्थाहरुमा न्याय पाउन हिडेकी हुन् ।

समाजका भद्र भलादमीहरुले पटक पटक पञ्चायती बसी सम्झाई बुझाई गर्दा पनि विवाद समाधान हुन नसक्ने अवस्था आएपछि सम्वन्ध विच्छेद गरी अलग अलग छुट्टिई बस्नुपर्ने अवस्था आएको थियो । २०७५ भदौ १३ गते पुनः समाजका भद्र भलादमी, बुद्धिजीविहरुको भेलाबाट ९ जनाको निर्णायक समिति चयन गरेर वैवाहिक खर्च वापत चार खाल र छोरी बच्चाको पालनपोषण वापत चार लाख समेत गरी जम्मा आठ लाख नगद र विवाहको बखत दिइएको पेवा (सर समान) मोटर साइकल सहित केटी पक्षलाई फिर्ता दिलाउने निर्णय गरेको थियो । उक्त निर्णय केटा पक्षले तीन दिन भित्र सम्पूर्ण सरसमान फिर्ता गर्ने सहमतीमा हस्ताक्षर गरेका थिए । तीन दिन पछि निर्णायक समितिले गरेको निर्णय न मान्ने भनेपछि लहान नगरपालिकाको न्यायिक समितिमा समेत उजुरी दिएको पिडित खातुनले बताइन ।
न्यायिक समितिले गरेको निर्णयलाई समेत नमानी केटालाई अर्को पासपोर्ट बनाएर विदेश पठाइएको छ । हालसम्म छोरीको समेत कुनै चासो नलिई ससुरा मुरतुज मियाँले सम्वन्ध विच्छेद नगराई माइतै बस्नलगाउने भन्दै गरेको पिडित खातुनले बताईन ।
हालमै पत्रकार सम्मेलन गरी खातुनले आफू घरेलु हिंसाका सिकार भएकोले न्याय दिलाउन सहयोग गरिदिन हुन सबैसंग अनुरोध गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]