११ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri
×

लाहान प्रहरीको असभ्य बोली र हर्कतले जनमानसमा असुरक्षा को अनुभुती

Logo
प्रकाशित बुधबार, भाद्र ०३, २०७७

सिरहा, ३ भदौ । ‘प्रहरी मेरो साथी’ अभियानले देशैभर अपार सफलता पाएपनी लाहानका स्थानीयले केही महिना देखि यसको महत्त्व र विषेशता महसुस गर्न सकेको अवस्था छैन । लकडाउन कार्यान्वयनमा प्रहरीको उच्चतम भुमिका रहेपनी केहि अशिष्ट कर्मचारीले गर्दा सम्पुर्ण विभागले नै यसको मूल्य चुकाउनुपर्ने अवस्था रहेको छ ।

लाहान प्रहरीको कार्यशैली बारे समुदाय स्तरमै विभिन्न प्रकारको नकारात्मक टिप्पणी हुन थाल्नु पक्कै पनि प्रहरी युनिटको लागि राम्रो होईन । लकडाउन पालना गराउने बहानामा स्थानियलाई अश्लील गाली गर्दै निर्घात कुटपिट गर्नुले मानवअधिकार को अचार संहिता उल्लंघन गरेको अधिकांश लाहानका बुद्धिजीवी बताउछन् ।

दुई दिन अगाडि कुशवाहा चौकमा अत्तिआवस्यक सामान खरिद गर्न गएका एक ग्राहकलाई प्रहरीले गाली गर्दै प्लास्टिक पाईप लिएर कनपेटीमा हान्दा उनी हाल उपचाररत छन । त्यसैगरी लाहान स्थित म्याजिक स्ट्याण्ड नजिक रहेका चर्चित पत्रीका पसल सीता नोबेल न्युज सेन्टरमा लाहान प्रहरीले उधम मचाएका थिए । बाध्यात्मक परिस्थिमा पत्रिका पसल अगाडी सामाजिक दुरी को लागी तानिएको डोरी प्रहरीले चुडाई दिएका थिए । पसल संचालक दिनेश देवलाई बिहान बिहान कान्तिपुर ,गोरखापत्र जनकपुर टूडे किन्ने ग्राहक ले  डोरी किन हटाउनु भयो सोध्दा
जवाफमा उनी लहान को शान्तिसुरक्षा जिम्मेवारी बोकेका हाम्रा प्रहरी (हरी) जवान ले रिस को झोकमा  हाकिम लाई खुशी पार्न चुडादिए भन्छन ।

संचालक देवले भने ” गत आईतवार वेलुका  ६ वज केही व्यतिगत काम को लागी पसल खोलेका थिए । करिव ७ वजे प्रहरीको भ्यान टक्क मेरो पसल अगाडी  रोक्यो ,भ्यानबाट करायो सीता न्यूज सीता न्युूज  म हात ले ईसारा गरे जानुस वन्द गरी हाल्छु त्यतिकै मा एकजना प्रहरी गाडी वाट हामफाले कुददै आयो अगाडीमा बाधेको डोरी चूडाल्दै मेरी छोरी ल्याबटप वन्द गर्न न पाउदै पसल बाट निकाली दियो र मलाई पसल भित्र थुनेर सटर झारी दियो सटरमा वुट ले हाल्न थाल्यो ,निर्जिव सटर को के दोष ?”
यसरी शान्ति शुरक्षाको जिम्मेवारी लिने प्रहरी नै अशिष्ट र असभ्य भयो भन्ने समाज कुन दिशा तिर जाने हो? चिन्ताको विषय बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]

सिरहा : सिरहाको औरही गाउँपालिका भवन अगाडि धर्ना बसेको छ। भूपू विद्यार्थी मञ्चलाई गरेको दुर्ववहार र कार्वाही गर्न औरही गाउँपालिकाले गरेको आनाकानी विरुद्ध धर्ना बसेको हो। गत कार्तिक २९ गते सुन्दर जनता मावि औरहीमा भूपू विद्यार्थी मञ्चले आयोजना गरेको गुरु सम्मान तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवले गरेको दुर्ववहार सम्बन्धमा कार्वाहीको माग […]

सिराहा, कार्तिक २९ – श्री सुन्दर जनता मावि औरहीमा आयोजित हाजिरीजवाफ प्रतियोगिता र गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवको दुर्व्यवहार र धम्कीका कारण पूर्व विद्यार्थी मञ्च २०६४ व्याचले आन्दोलनको घोषणा गरेको छ। कार्यक्रमका क्रममा समय अभावले छोट्याउनुपरेको अवस्थामा प्रधानाध्यापक यादवले आयोजक मञ्चका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लागेको छ। […]