०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै

Logo
प्रकाशित सोमबार, भाद्र ०८, २०७७

न्यूजमधेश सम्बादाता
नवलपरासी, ८ भदौ।समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ ।

स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्भावित सङ्क्रमितले स्वाब सङ्कलन गराउने तर स्वाब सङ्कलन गराएपश्चात् होम आइसोलेसनमा नबस्ने गरेपछि कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार स्वाब सङ्कलन गराउने व्यक्ति सम्भावित सङ्क्रमित हुनसक्छ । स्वाब सङ्कलन गराएपछि सम्भावित सङ्क्रमित रिपोर्ट नआएम्म होम आइसोलेसनमा अनिवार्य रूपमा बस्नुपर्ने हुन्छ ।

अनिवार्यरूपमा होम आइसोलेसनमा नबस्ने र रिपोर्ट आउने समयसम्म सङ्क्रमित व्यक्तिको हिँडडुलकै कारण अन्य व्यक्तिलाई पनि सङ्क्रमण फैलिसकेकाले कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसरी स्वाब सङ्कलन गराएका सबै व्यक्ति अनिवार्यरूपमा होम आइसोलेसनमा नबसेको पाइएपछि स्वाब सङ्कलन गराउने सबै व्यक्तिको नामावली सङ्कलन गरी अनिवार्यरूपमा निगरानी गर्ने तयारी गरिएको छ ।

जिल्लास्तरीय कोरोना नियन्त्रण समितिका अनुसार अब सबै स्थानीय तहले आआफ्नो स्थानीय तहमा स्वाब सङ्कलन गराएका सबै व्यक्तिको नामावली अनिवार्यरूपमा समितिमा पठाउनुपर्ने हुन्छ ।

समितिले आवश्यकतानुसार सो नामावली सार्वजनिक गर्ने र सम्बन्धित स्थानीय तहमार्फत स्वाब सङ्कलन गराएका व्यक्तिहरुलाई अनिवार्यरूपमा होम आइसोलेसनमा बसाउन निगरानी गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ढकालले जानकारी दिनुभयो । जिल्लामा चार स्वास्थ्यकर्मी, विभिन्न कार्यालयमा कार्यरत छ कर्मचारी, एक जना गाउँपालिका अध्यक्षसहित हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १७८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]