०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

सशस्त्र प्रहरीद्वारा औषधी नष्ट

Logo
प्रकाशित सोमबार, भाद्र ०८, २०७७

अजय मिश्र
कृष्णनगर, ८ भदौ ।कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका- १२ बाट मेडिकल औषधी फेला पारी आज नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बल कृष्णनगर वि. ओ. पि.बाट खडा गरिएको अस्थायी पोष्ट भदुईबाट सशस्त्र प्रहरी नायब निरिक्षक गणेश गिरीको कमाण्डमा खटिएको सात जनाको टोलीले उक्त मेडिकल औषधी बरामद गरेको थियो । विभिन्न किसिमका मेडिकल औषधि रहेको वि.ओ. पि.कृष्णनगरले जनाएको छ।

मेडिकल औषधी सशस्त्र प्रहरी, पत्रकार, कृष्णनगर स्वास्थ्य चौकी का प्रतिनिधि जमाल अहमदसहितको उपस्थितमा औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तुको प्राङगणमा खाल्डो खनी नष्ट गरिएको छ ।

उक्त नष्ट गरिएको मेडिकल औषधी को मूल्य पन्द्रा हजार पर्ने सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तुका सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की ले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]