२८ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
×

धनुषाको सतोषरमा यसपाली लाग्दैन बोलबम मेला

Logo
प्रकाशित बिहिबार, भाद्र ११, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ भदौ । लामो समयदेखि धनुषाको सप्तेश्वर (सतोषर) मा लाग्दै आएको बिशाल बोलबम मेला यसपाली भने नलाग्ने भएको छ ।

कोरोना भाइरसको महामारी समुदाय स्तरसम्म पुगेको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बरमझियाबाट भरिने जल र मेला कार्यक्रम नलाग्ने बताइएको छ ।

बरमझिया स्थित रहेको चारनाथ नदीबाट जल भरेर धनुषाको सबैला नगरपालिकाको सतोषर स्थित रहेको सप्तेश्वरनाथ महादेव मन्दिरमा चढाउने गरिन्छ । तर, यसपाली कोरोना भाइरसलाई मध्यनजर गर्दै मेला नलाग्ने जनाइएको छ ।

आगामी भदौ १५ र १६ गते अनन्त चतुर्थीको दिन लाग्ने भनिएको बोलबम मेला भने नलाग्ने जनाइएको छ । गणेशमान चारनाथ नगरपालिकाले एक सूचना प्रकाशित गर्दै वडा नं. ९ र १० मा लाग्ने बोलबम मेला नलाग्ने जनाएको छ ।

पूर्वी धनुषासहित अन्य विभिन्न स्थानबाट प्रत्येक वर्ष हजारौं हजारको सँख्यामा काँवरियाहरु सतोषर महादेवमा जल चढाउने गरिन्छ । जल चढाउने श्रद्धालुहरु एक दिन अगावै बरमझिया पुगेर विश्राम गर्दै विहानै जल भरी सतोषर महादेवमा चढाउने गर्दै आएको छ ।

यसपाली स्थानीय प्रशासनले भीडभाड नहुन दिन निर्देशन जारी गरेपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद काफ्लेले सूचना जारी गर्दै बोलबम मेला नलाग्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]