सिरहा, २५ भदौ । सिरहामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । खेतबारीमा सिचाइको लागि पानी तान्ने क्रममा बिष्णुपुर गाउँपालिका १ का ५५ वर्षीय गौरी यादबको करेन्ट लागेर ज्यान गएको हो ।
आफ्नै खेतमा मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरी स्रोतको भनाई छ । करेन्ट लागे पश्चात् तुरुन्तै घाइते यादबलाई मुसहर्निया स्थित आरके मेडिसिटी अस्पताल लगिएको थियो जहाँ उनको उपचार शुरु हुन नपाउदै ज्यान गएको बताइएको छ । मृतक यादवका शव पोस्टमार्टमको लागि सिरहा जिल्ला अस्पताल पठाइएको जानकारी प्राप्त भएको छ ।
मृतक यादब बिष्णुपुर गाउँपालिका १ बाट स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टीका वडाका प्रत्यासी उम्मेदवार थिए ।अ