२९ फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

सर्वपक्षिय बैठक सम्पन्न

Logo
प्रकाशित शुक्रबार, भाद्र २६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ भदौ। जनकपुरधाम उप–महानगरपालिकामा शुक्रवार सर्वपक्षिय बैठक सम्पन्न भएको छ । छाडा गाईबस्तु नियन्त्रण तथा सडकमा निर्माण सामग्रीलाई नियन्त्रण सम्वन्धमा शुक्रवार बैठक बोलाइएको थियो ।

जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख लाल किशोर साहको अध्यक्षतामा सम्पन्न बैठकवाट विभिन्न संघ संस्थाहरुलाई बोलाई परामर्श गर्ने तथा यस विषयमा छिटो भन्दा छिटो कदम उठाउनुपर्ने माग रिएको थियो ।

बैठकमा जनकपुरधाम उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र प्रसाद साह, चेम्वर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष सरोजकुमार मिश्र, ट्राफिक प्रहरी प्रमुख तथा विभिन्न निकायहरुवाट उपस्थिति भएको थियो ।

वैठकमा सहभागीहरुले छाडा गाईबस्तु नियन्त्रण गर्नकालागि विभिन्न समयमा अभियान चलाइएपनि पछि त्यो अभियान निश्कृय भई पुरानै अवस्थामा जाने भएकाले सो नियन्त्रण अभियानलाई सधै भरि जागरुक भई काम गर्न आग्रह गरेका थिए ।

जनकपुरधाममा सडकमा निर्माण समग्री राख्ने परिपाटि विस्तारै विस्तारै बढ्दै गएको हुनाले यसलाई पनि नियन्त्रण गर्न उप – महानगरपालिकालाई कठोर भई लाग्नकालागि सहभागीह  रुले आग्रह गरेका थिए ।

सो कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका वरिष्ठ इन्जिनियर वीरेन्द्रकुमार यादवले सडकमा निर्माण सामग्री राख्दा र सडकमा घरमा जानकालागि सिमेन्टले बनाइएकोले बर्षा याममा सडकमै पानी जम्ने र विस्तारै विस्तारै कमजोर हुने गरेको टिप्पणी सहितका सुझाव दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]