२८ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
×

विदेह नगरपालिका ५ मा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,१९ असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषाले विदेह नगरपालिका वडा नम्बर ५ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

सोमबार मुरिबामा सम्पन्न अधिवेशनबाट रामकुमार मण्डलको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेका छन् ।वडा समितिको उपाध्यक्षमा सुनिता देवी मण्डल ,रामदयाल मुखिया ,सचिवमा अमर कुमार मण्डल ,सह सचिवमा प्रदिप कुमार मण्डल ,कोषाध्यक्षमा अजय कुमार मण्डललाई सर्वसहमतिले चयन गरेको छ ।

त्यस्तै सदस्यमा रेखा कुमारी मण्डल ,दिपिका देवी मण्डल ,तोला देवी मुखिया , ज्ञानेन्द्र कुमार दास र घुरन ठाकुर हजाम रहेको छ ।

सो अधिवेशनको प्रमुख अतिथिमा जनमत पार्टी धनुषा ईन्चार अनिता साह,विशिष्ट अतिथि जनमत पार्टीका केन्द्रीय सदस्य ईन्द्रजित यादव ,अतिथि पार्टीका जिल्ला संयोजक दिपनारायण यादव ,पार्टीका धनुषा क्षेत्र नम्बर २ का संयोजक उपेन्द्र रोहिता ,वरिष्ठ नेतृत्व मण्डलीका केन्द्रीय सदस्य सुमन बाबा ,विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य नबिन पण्डित , पार्टीका नगर संयोजक धिरज मण्डलको उपस्थितिमा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

उक्त अधिवेशनबाट चयन भएका सम्पूर्ण पदाधिकारीहरुलाई जनमत पार्टीका केन्द्रीय सदस्य इन्द्रजित यादवले प्रमाण पत्र वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]