केही फलफूलको जुसले औषधिसँग प्रतिक्रिया गर्ने हुदाँ यसको नराम्रो असर शरिरमा पर्छ । औषधिको प्रयोग गरेका बखत यी फलफुलको जुस प्रयोग गर्न हुँदैन ।
१. पाइनएप्पल जुस
यदी तपाई रगतलाई पातलो बनाउने औषधि खाइरहनुभएको छ भने पाइनएप्पलको जुस पिउनु हुँदैन । पाइनएप्पलमा ब्रोमेलिन नामक यौगिक पाइन्छ जसमा ब्लड क्लटिङ औषधिको असरलाई कम गराउने गर्छ ।
२. ग्रेप (अंगुर) जुस
यदी तपाई हाइ कोलस्ट्रोल, हाइ ब्लड प्रेशर जस्ता रोगबाट पीडित हुनुहुन्छ र औषधि लिइरहनु भएको छ भने बिहान नास्तामा औषधि खाने बित्तिकै ग्रेप जुस पिउनु हुँदैन ।
३. एप्पल (स्याउ) जुस
स्याउको जुसले वार्फरिनजस्तो औषधिको असर कम गर्छ । यस्ता विमारी जसलाई कीमोथेरापी गरिरहेको छ वा जो बिरामी एटेनोलाल जस्तो औषधिको प्रयोग गरेका छन् उनीहरुले विहान स्याउको जुस पिउन हुँदैन ।
४. क्रेनवरी जुस
यदी तपाई हार्ट अट्याक, स्ट्रोक तथा ब्लड क्लटबाट बच्नका लागि औषधि लिइरहनु भएको छ भने क्रेनवरी जुस कहिल्यै नपिउनुहोस् । क्रेनवरी जुसमा फ्लेवोनाइड पाइन्छ जसले मेटाबोलिजमलाई प्रभावित गर्ने काम गर्छ ।
५. ओरेन्ज (सून्तता) जुस
यदी तपाईलाई बिहानै सुन्तलाको जुससँग औषधि खाएमा फाइदा हुन्छ भन्ने सोच्नुहुन्छ भने तपाई गलत सोच्दैहुनुहुन्छ । साइट्र फलको जुसले औषधिको असरलाई कम गर्ने गर्छ ।