०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

मिथिलाका नारीद्वारा खोइँछ भर्ने विधि सम्पन्न ( फोटो फिचर )

Logo
प्रकाशित शनिबार, कार्तिक ०८, २०७७

न्यूजमधेश डेस्क 
जनकपुरधाम ,८ कार्तिक ।वडा दशैँको अष्टमीका दिन आज मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको खोइँछ ( पोल्टा ) भर्ने विधि सम्पन्न गरेका छन् ।

नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, दुबो , बेसारको गिँड , सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि सम्पन्न गरेका छन् ।

त्यस्तै सो विधिका सन्दर्भमा भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, नौ दिनसम्म माइतमा बस्ने र दशमीका दिन ससुराली जाने गर्दछिन् भनी खोइँछ भर्ने मान्यता रहेको पनि पाइन्छ । मिथिलाञ्चलको पुरानो परम्परा रहेको यो विधि पूरा गर्न रातिदेखि नै शक्तिपीठ, देवीमन्दिर र देवीको प्रतिमा स्थलमा विवाहित मैथिल महिलाको घुइँचो लागेको थियो ।

प्राध्यापक डा. पशुपतिनाथ झा खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित भएकाले भगवती दुर्गाको सान्निध्यले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वासले मैथिल महिलाहरू खोइँछ भर्ने गरेको बताउनुहुन्छ ।भगवतीको उपासना मातृपूजा भएकाले यसबाट शारीरिक, मानसिक र आमाको शाक्ति जागृतिसँग सम्बन्धित रहेको पनि उहाँ स्पष्ट गर्नुहुन्छ ।

खोंइछलाई जनभाषामा खोंइछा पनि भनिन्छ । खोंइछ दिनुलाई समृद्धि, परिपूर्णता र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ । यसको सम्बन्ध आँचलसँग हुन्छ । आँचल महिलाका लागि सबैभन्दा ठूलो निधि हो । आँचल यस्तो अमूल्य हो जसलाई बाँधिएमा खोंइछ र खोलेमा आँचल हुने गरेको छ । खोंइछमा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहुने, दुबोलाई भगवान शिव र विष्णुको प्रतीक मानिन्छ जसको अर्थ ईश्वरको अनुकम्पा सधैं रहिरहने र बेसारलाई बिष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिएको छ ।

त्यसो त मिथिलाञ्चलमा महिलाले माइतबाट ससुराली, ससुरालीबाट माइती, एक स्थानबाट अर्को स्थान जाने बेलामा पनि खोइछ भर्ने प्रचलन रहेको पाइन्छ । यो विधि कुल देवता र देवीको मन्दिरमा गरिन्छ । कुल देवता र देवीको मन्दिरमा खोंइछ भर्नुको अर्थ कुल देवता र देवीलाई साक्षी राखी सौभाग्यको आराधना र संकल्प गर्नु हो । खोंइछ भर्ने प्रचलन अनादिकालदेखि आइरहेको मानिन्छ । माता सीता र सावित्रीले पनि खोंइछ भर्ने विधि गरेको जनधारणा पाइन्छ । प्राचीनकालमा छोरीलाई घरबाट विदाइ गर्ने बेलामा आमाले आँचलभर खोंइछ भरी बीदा गरेको र छोरीको घरमा अन्नपूर्णाको वास होस् भनी कामना गरेको प्रसङ्ग पनि जनमानसमा पाइन्छ ।

तस्वीर : निरज नेपाल

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]