०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

राजदेवीमा एकैरातमा ८ हजार ९६८ बोका वलि

Logo
प्रकाशित आइतबार, कार्तिक ०९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ कार्तिक । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गएराती ८ हजार ९ सय ६८ बोका वलि दिइएको छ ।

महाबीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिलकुमार प्रसादले दिएको जानकारी अनुसार शनिवार राती ७ बजेर १५ मिनेटमा शुरु भएको सो वलिप्रदान राती ११ बजेर २५ मिनेटसम्म चलेको थियो ।

एकरातमा संसारमै सबैभन्दा बढी बोकाको वली सो मन्दिरमा दिइने परम्परा रहेको छ । अष्टमी रातीमा विशेष वलिप्रदान हुँदै आएको छ ।

कोरोना संक्रमणका जिल्ला प्रशासन कार्यालय धनुषाले वलि प्रदानको ठाउँमा संक्षिप्त पूजा एवं क्षमा पूजा गरिने योजना बनाएको थियो । महन्थ र पुजारीसँग सोही आग्रह गरेका थिए । तर स्थानीयवासी विरोधका कारण वलि दिइएकोछ ।

महाबीर युवा कमिटीका अध्यक्ष संतोष साहले शनिवार मात्रै बलिप्रदान गर्ने निर्णय भएकाले तुलनातमक रुपमा कम बोकाको वलि दिइएको बताए ।

एकरातमा संसारमै सबैभन्दा बढी बोकाको वली सो मन्दिरमा दिइने परम्परा रहेको छ । अष्टमी रातीमा विशेष वलिप्रदान हुँदै आएको छ

वलि प्रदानको परम्परा

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा वर्षोदेखि अष्टमी रातीमा वलिप्रादको परम्परा रहेको छ । गतवर्ष १४ हजार ३ यस ६६ बोकाको वलि दिइएको थियो । वलीका लागि मन्दिरको पछाडी भागमा ४ वटा ठेहा बनाइएको छ जसमा प्रत्येक वर्ष वलि दिइने कार्यक्रम हुने गरेको महाबीर युवा कमिटी जनकपुरधामका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले वताए ।

राजदेवी मन्दिरका महन्थ राम गिरिले मनोबाञ्छित फल प्राप्त भएपछि बोकाको वलि दिइने राजदेवीको परम्परा रहेको वताए । राजदेवीमा दशैको वेला पूजा गर्नेहरुको अत्यधिक भीड हुने गर्छन ।

राजदेवी मन्दिरमा २०७६ सालमा १४ हजार ९सय ९७ बोकाको वली प्रदान गरिएको थियो भने २०७५ सालमा १४ हजार ९ सय ९७ बटो २०७४ सालमा १२ हजार ३ सय ७ वटा बोका, २०७३ सालमा १४ हजार ६ सय १७ वटा बोकाको बलि दिइएको थियो । यसैगरी २०७२ सालमा १३ हजार ८ सय १, २०७१ सालमा १४ हजार ७ सय २२, २०७०सालमा १४ हजार ८ सय ६१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६७ सालमा १३ हजार ५ सय ५२ र २०६६ सालमा ११ हजार ७ सय ९३ बोकाको बलिप्रदान गरिएको थियो । १००जना युवा बली प्रदानमा सहभागी थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]