०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

बाराको स्वर्णगाउँपालिका घटनाको कानून राज्यमन्त्री कुशवाहाद्वारा अनुगमन

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

न्यूजमधेश डेस्क
बारा ,१५ कार्तिक । बारा जिल्लाको स्वर्ण गाउँपालिका वडा नं २ मा यही कात्तिक १२ गते स्थानीय र प्रहरीबीच भएको झडपबारे बुझ्न प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा नेतृत्वको टोली आज घटनास्थल पुगेको छ ।

अनुमगमनका क्रममा टोेलीले जिल्ला प्रहारी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीसँग टोलीले सोधपुछ गर्दा उहाँले प्रहरीको गोली प्रहारबाट एकजना निर्दोष बालक घाइते भएको स्वीकार्नु भएको छ । उहाँले घटनाबारे टोलीलाई जानकारी दिँदै प्रहरीले बाध्य भएर सटगणबाट गोली चलाउनु परेको बताउनुभयो । सोही क्रममा १४ वर्षीय रञ्जनकुमार यादवको कञ्चटमा गोली लाग्दा उनी सख्त घाइते भएका छन् ।

प्रहरी उपरीक्षक पङ्गेनीका अनुसार शुरुमा स्थानीयले ढुङ्गामुढा गरेपछि प्रहरीले बाध्य भएर १४ राउण्ड गोली चलाउनु परेको परेको थियो । घटनाबारे टोलीलाई जानकारी गराउँदै उहाँले झडपको क्रममा स्थानीयले घाइतेको उपचारका लागि लिन गएको एम्बुलेन्स, प्रहरी भ्यानसमेत तोडफोड गरेको जानकारी गराउनुभयो । घटना विवरण अनुसार स्थानीयले जितेन्द्र साहको स्व श्रीमतीको भोजभतेरका लागि दुईवटा मोटरसाइकलमा चार बोरा आलु र प्याज ल्याई रहेको अवस्थामा प्रहरीले समातेको घटनाबारे स्थानीय कानून राज्यमन्त्री कुशवाहालाई जानकारी गराएका छन् । सो अवसरमा राज्यमन्त्री कुशवाहाले छानबिनको क्रममा दोषी ठहरिएकालाई प्रदेश सरकारले कारवाही गर्ने आश्वासन दिनुभयो ।

घटना स्थलमा रहेका प्रदेशसभा सदस्य बच्चाप्रसाद यादवले घटनाको भत्र्सना गर्दै स्थानीय प्रहरीले ठूला तस्करलाई महिनावारी रकम लिएर लाइन दिने गरेको तर घरायसी सामान ल्याउने स्थानीयलाई प्रहरीले समातेर कुटपिट गर्ने कार्य गर्नु निन्दनीय भएको आरोप लगाउनुभयो । उक्त टोलीले घटनाबारे स्वर्ण गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, वडा सदस्यहरु, पीडित व्यक्तिहरु, घाइते व्यक्तिहरु, जिल्ला प्रहरी कार्यालयका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल र बारा अस्पतालमा रहेका घाइते रञ्जन यादवसँग भेटघाट गरेका छन् ।

स्वर्ण गाउँपालिका–३ नजिक नेपाल—भारतको सन्तगन्ज सीमामा पर्दछ । ती सीमाबाट यही कात्तिक १२ गते करीब ६ बजे दुई तीन वटा मोटरसाइकलमा आलु र प्याज ल्याउँदै गर्दा सई वीरेन्द्र गिरीको कमाण्डमा खटिएको टोलीले मोटरसाइकलसहित सामानहरु बरामद ग¥यो । केही समयसम्म लेनदेनको बार्गेनिङ्ग पनि भयो । लेनदेनको कुरा नमिलेपछि पक्राउ परेको सामानहरु इलका प्रहरी कार्यालयमा पठाइ दियो । साँझ करीब पौने आठ बजे जिल्ला प्रहरी कार्यालयबाट सामान लिन प्रहरीको भ्यान आयो ।

आलु प्याजको बोरा भ्यानमा लोड गर्न खोज्दा केही स्थानीयले त्यसको विरोध गरे । भ्यानमा सामानहरु लोड गर्न नदिएपछि प्रहरी र स्थानीयबीच झड्प भयो । सोही क्रममा प्रहरीले लाठी प्रहार गरे, लाठी प्रहारपछि स्थानीयले ढुङ्गामुढा गर्न थाले । स्थानीयहरुले ढुङ्गामुढा गरेपछि प्रहारीले गोली चलाइएको अनुगमानको क्रममा खुल्न आएको स्थानीयले बताएका छन् ।

वीरगञ्जको नारायणी बयोधा अस्पतालमा उपचार गराई रहेका बालक यादवको अवस्थामा सुधार भई रहेको चिकित्सकले बताएका छन् । यसैबीच सो घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृतको अध्यक्षतामा चार सदस्यीय छानबिन समिति गठन गरेको छ । स्थलगत निरीक्षणको क्रममा गएका टोलीमा आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, सञ्चारकर्मीलगायत व्यक्तिे सहभागी थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]