०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

व्यापारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

Logo
प्रकाशित शनिबार, मंसिर १३, २०७७

न्यूजमधेश डेस्क
परासी ,१३ मंसिर । दूषित खाद्यपदार्थ उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा नवलपरासी बर्दघाट सुस्तापश्चिमका एक व्यापारी थुनामा परेका छन् ।

पहेँलो सुकेको केराउ ९मटर०लाई कृत्रिम रङमा भिजाएर हरियो बनाई बिक्री गरेको आरोपमा सदरमुकाम परासीस्थित ऋिद्धिसिद्धि मिष्ठान भण्डारका सञ्चालक विजयकुमार गुप्तालाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गत वर्षको भदौ ३१ गते बजार अनुगमनको क्रममा पहेँलो केराउलाई कृत्रिम रङमा भिजाएर हरियो बनाई बिक्री गरिरहेको अवस्थामा फेला पारेपछि सञ्चालक गुप्ताविरुद्ध जिल्ला अदालत नवलपरासीमा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण सम्बन्धी मुद्दा दायर गरेको थियो ।

जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले प्रतिवादी गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको र कारागार चलानसमेत गरिएको नवलपरासी जिल्ला अदालतका शाखा अधिकृत तीर्थराज शर्माले जानकारी दिनुभयो ।

कार्यालयका खाद्य निरीक्षक श्रवण ढुङ्गानाको प्रतिवेदनका आधारमा यही भदौ १५ गते दायर गरिएको मुद्दामा खाद्य ऐन २०२३ को दफा ३ विपरीत गरेको देखिएको भन्दै सोही ऐनको दफा ५ ९१० बमोजिमको सजाय तथा दफा ४१ बमोजिमको क्षतिपूर्ति भराई पाउन माग गरिएको छ । उक्त कसुर प्रमाणित भएमा पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने अदालतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]