२६ पुष २०८१, शनिबार
11-01-2025 , Sat
×

सिमानामा सर्वसाधारणलाई सास्ती

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७

न्यूजमधेश डेस्क
सर्लाही ,२२ मंसिर । कोभिड–१९ रोकथाम र नियन्त्रणका नाममा जारी करिब नौ महिना लामो नेपाल–भारत सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती भएको छ । नेपाल–भारत सिमाना वारिपारी आउनजान रोक लगाइदा सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि प्रभावित बनेका छन् ।

सीमा वारिपारिको सम्बन्धमा लगाइएको रोकले दैनिक जीवनमा प्रभाव परेको भन्दै सीमा क्षेत्रका मानिसले आक्रोश समेत पोख्न थालेका छन् । जिल्लाका मुख्य नाकाबाट मालबाहक सवारी साधन खुलेआम रुपमा नेपाल प्रवेश गरिरहेका भए पनि सर्वसाधारण भने सिमानाका नजिकैको खेतको बाटोबाट वारिपारि गरिरहेका छन् ।

मुख्य सिमानाका मलङ्गवा, सिमानाका त्रिभुवननगर, पर्सा, बारालगायतका स्थानबाट चामल, दाल, आलु प्याज बोकेका मालबाहक सवारी साधन नेपाल प्रवेश गरिरहेका भए पनि स्थानीय प्रशासनले सर्वसाधारणलाई सो बाटोको प्रयोेग गर्न नदिँदा सर्वसाधारण खेत तथा गल्लीको बाटो प्रयोग गर्न बाध्य भएका स्थानीयवासी रामाआधार साहले बताउनुभयो ।

नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तोमा सामान किन्न पाउने भएका कारण सो क्षेत्रका अधिकांश स्थानीयवासीले सीमापारीबाट नै घरायसी सामान ल्याउने गरेको रवीराज कुशवाहले बताउनुभयो । मालबाहक सवारी साधनलाई बिना अवरोध प्रवेश गर्न दिँदा र सर्वसाधारण चोर बाटोबाट आवतजावत गर्नु पर्दा सीमावर्ती क्षेत्रका नेपालीलाई मर्का परेका सर्लाही उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्र साहले बताउनुभयो ।

सीमा खुलाउनुपर्ने मागमा राजनीतिक दल, सीमा क्षेत्रका स्थानीयवासीलगायत एकमत देखिएका छन्् । जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको संयोजकत्वमा सीमा खुलाउनका लागि दबाब दिन सर्वदलीय सङ्घर्ष समितिसमेत बनेको छ । सङ्घर्ष समितिको नेतृत्वमा मलङ्गवाको भारतको सोनवरसासँग जोडिने भन्सार क्षेत्रमा धर्ना समेत दिइएको भए पनि अहिलेसम्म त्यसको कार्यान्वयन भएको छैन । धर्नामा प्रदेशसभा सदस्य, स्थानीय निकायका प्रमुख, नागरिक समाज, उद्योग वाणिज्य सङ्घलगायतले साथ दिएका सङ्घर्ष समितिका संयोजक चौधरीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]

सुनसरी, १८ भदौ। भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने […]

कञ्चनपुर, १८ भदौ। जिल्लाको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ । मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको आज साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिनुभयो । बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ […]