०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरु असफल : जनमत पार्टी

Logo
प्रकाशित सोमबार, पुष ०६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,६ पुस।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरु असफल भइसकेको ठहर गरेको छ ।

जनमतका केन्द्रीय सदस्य अब्दुल खानले आइतबार एक विज्ञप्ति जारी यस्तो बताएका हुन् । ‘नेपालको संघीय सदन कार्यकालभन्दा अगाडि नै विघटन हुनु नितान्त दुःखद घटना हो ।’ विज्ञप्तिमा भनिएको छ ।

विषयमा जनमत पार्टीले संविधानविद्हरूसँग परामर्श लिइराखेको र पार्टीको स्थायी समितिले समेत यस विषयमा छलफल गरिराखेको जनाएका छन् ।

नेता खानले विज्ञप्तिमा भनेका छन्, ‘जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरू देश, प्रदेश र स्थानीय तहहरू चलाउन पूर्ण रूपमा असफल भएको, भ्रष्टाचारलाई घर–घरमा पु¥याएको, भागबण्डा र आपसी लुछाचुँडको राजनीतिले देशलाई बन्धक बनाएको कुराको परिणामको रूपमा नै संघीय सदन विघटन हुनुपरेको हाम्रो अहिलेको ठहर छ ।’

पटक–पटक परीक्षण भएर असफल भइसकेका भ्रष्ट पार्टी र नेताहरूलाई आगामी निर्वाचनमा परास्त गर्दै जनमत पार्टीलाई भारी बहुमतले जनादेश दिएर जनसम्प्रभुता तथा सामुदायिक स्वराज कायम गर्न जनतासँग अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]