न्यूजमधेश डेस्क
जनकपुरधाम ,१२ माघ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको विष्णुपुर गाउपालिकामा प्रथम गाउपालिका अधिवेशन सम्पन्न गरेको छ ।
सोमबार गाउपालिका वडा नम्बर ५ कुट्टीचौकमा गंगा यादवको अध्यक्षतामा अधिवेशन भएको हो । सो कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीका केन्द्रीय सदस्य राजकुमार यादव रहेको थियो।
अधिवेशनबाट सर्वसहमतिले रामचन्द्र यादवको नेतृत्वमा २१ सदस्य कार्यकारणी समिति चयन गरेको छ । उपाध्यक्षमा अमिन यादव ,सचिव सैलेन्द्र यादव ,सहसचिवमा रामवृक्ष यादव ,कोषाध्यक्षमा श्याम कामति रहेको छ । त्यसैगरी सदस्यमा अशोक यादव, अम्बिका कुमारी सदा,ममता पासवान ,गीता देवी पासमानसहित २१ जनाको कार्यसमिति रहेको विद्यार्थी नेता संजय यादवले जानकारी दिए ।
यादवका अनुसार कार्यक्रममा जनमत पार्टी सिरहाका ईन्चार्ज विजय साह ,गैर आवासीय मधेसी संघका विदेश विभाग सदस्य निर्मल मण्डल ,विद्यार्थी जनमत संघका केन्द्रीय अध्यक्ष पोषण यादवसहित स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति समेत रहेको थियो ।