०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

पूर्वराष्ट्रपति भन्छन्- ‘राष्ट्रपति भण्डारीले भूल गर्नुभयो’

Logo
प्रकाशित बुधबार, माघ १४, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,१४ माघ।पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीीतकशास्त्रीसँग छलफल नगरी सदर गर्नु भूल भएको बताएका छन् । ‘राष्ट्रपतिले भूल गर्नुभयो,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न नहुने काम गरेपछि त्यसलाई राष्ट्रपतिले हेर्नुपर्थ्यो ।’

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले राष्ट्रपति भण्डारीले कुनै पनि प्रकारको छलफल नगरीकन प्रतिनिधिसभा विघटन गरेकोप्रति आपत्ति प्रकट गरे । उनका अनुसार प्रतिनिधिसभा विघटन सिफारिस संविधानसम्मत छ कि छैन भन्ने विषयमा राष्ट्रपति भण्डारीले कानुनविद् वा राजनीतिशास्त्रीसँग परामर्श गरेको भए उपयुक्त हुन्थ्यो । उनले भने, ‘अहिले कानुनविद्, पूर्वन्यायाधीश, राजनीतिशास्त्री, नागरिक समाज र मिडिया तहबाट पनि प्रधानमन्त्रीले चालेको कदम संविधानसम्मत छैन भन्ने आइरहेको छ ।’

संविधानमा राष्ट्रपतिको भूमिकाबारे प्रष्ट उल्लेख भएको चचा गर्दै पूर्व राष्ट्रपति यादवले भने, ‘त्यो संस्थाले संविधानको पालना गराउने, रक्षा गर्ने हो, राष्ट्रपति आफैँमा संविधानको रक्षक हो । राष्ट्रपतिले नै संविधानको संरक्षण गर्नुपर्छ । संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गराउनुपर्छ ।’, आजको नागरिक दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]