न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ माघ।प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकाे विशेष सल्लाहकारमा ध्रुब नारायण यादवलाई नियुक्त गरिएको छ।
बुधबार मन्त्रीस्तरीय निर्णय बमोजिम यादवलाई विशेष सल्लाहकारमा नियुक्त गरिएको हो ।
नियुक्त हुने यादव राष्ट्रिय सहकारी बैकका संचालक तथा जिल्ला बचत तथा सहकारी संघ धनुषाका अध्यक्ष समेत हुन् ।