२५ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
×

मेयर साहद्वारा बर्थिङ्ग सेन्टरको उदघाटन

Logo
प्रकाशित शुक्रबार, माघ १६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, १६ माघ।प्रदेश २ का महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ७ मेघनाथ गोरहन्नामा प्रसुति सेवा केन्द्र सञ्चालनमा आएको छ । गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा शिशु जन्माउन प्रसुति सेवा केन्द्र (बर्थिंग) सेन्टर भंगहा नगरपालिकाद्वारा संचालनमा आएको हो ।

प्रसुति सेवा केन्द्रको शुक्रबार बिहान एक समारोह बीच भंगहा नगरपालिकाका मेयर संजिव साहले उदघाटन गरेका छन् ।

उदघाटन गदै मेयर साहले अब सुरक्षित प्रसुतिका लगि बाहिर जानैपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले आमाहरु घरमा जोखिमपूर्ण रुपमा नभइ सुरक्षित रुपमा शिशुलाई जन्मदिन प्रसुति सेवा केन्द्रमा आउन तथा समयमा चेकजाँच समेत गराउन आग्रह गरे ।

कार्यक्रमा भंगहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोसी, वडा नं. ७ का वडाध्यक्ष बासुदेव सिंह, स्वास्थ्य संयोजक योगेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]