न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ माघ।प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकाे विशेष सल्लाहकारमा नियुक्त भएका ध्रुब नारायण यादवलाई साेमबार जनकपुर विमान स्थलमा भव्य स्वागत गरिएकाे छ।
गत माघ १४ गते प्रदेश २ काे मन्त्रीस्तरीय निर्णय बमोजिम यादवलाई विशेष सल्लाहकारमा नियुक्त गरेको खुसीमा युवाहरुले जनकपुर विमान स्थलमा उनलाई फुलमाला लगाएर स्वागत गरेका हुन।
नियुक्त हुने यादव राष्ट्रिय सहकारी बैकका संचालक तथा जिल्ला बचत तथा सहकारी संघ धनुषाका अध्यक्ष समेत हुन् ।