न्यूजमधेश डेस्क
सुनसरी,२२ माघ । सुनसरीको धरानमा बन्दकर्ता र मजदुरबीच झडप भएको छ ।
नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच झडप भएको हो ।
बन्दकर्ताले टेम्पू रोकेर लात्त हानेपछि भएको विवाद सामान्य झडपमा परिणत भएको थियो । अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।