२५ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
×

रामजानकी अस्पतालले ६ महिना २० दिनमै जन्मेको बच्चा बचाउन सफल

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ माघ। सामान्यतया महिला गर्भवति भएको ९ महिना पूरा भएपछि शिशुको जन्म हुन्छ। तर, कहिलेकाहिँ समय नपुग्दै शिशु जन्मन्छन्।

नेपालमा पनि आमरुपमा ७ महिनामा जन्मेको बच्चालाई भाग्यमानी ठानिन्छ। यद्यपि त्यसको कुनै वैज्ञानिक कारण प्रष्ट छैन। त्यसको मनोसामाजिक अर्थ समय अगावै जन्मिएर बाँच्न सफल भएकोले भाग्यमानी ठानिएको हुनसक्छ। समय नपुग्दै जन्मेका शिशुको शारीरिक र मानसिक विकास पूर्णरुपमा नहुने भएकाले जीवित रहने सम्भावना न्यून हुन्छ।

यता धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ की सीमा साहले गर्भ बसेको ६ महिना २० दिनमै बच्चा जन्माइन् । जन्मनेवित्तिकै बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जनकपुरस्थित रामजानकी अस्पताल लगियो । उपचारपछि सोमबार सीमालाई अस्पतालले डिस्चार्ज गरिदिएको छ । अहिले आमा र बच्चा स्वास्थ्यस्थित ठीक भएको चिकित्सकले जनाएका छन् ।

बच्चा ठीक भएपछि सीमा खुसी छिन् । भन्छिन्– बाँच्ने आश नै मरिसकेको थियो । अहिले धेरै खुसी लागेको छ । डाक्टरहरुलाई धन्यावाद दिन चाहन्छु ।

आमा र बच्चाको उपचारको संलग्न थिए, चिकित्सकत्रय डा। हेमन्त शर्मा, डा। इसाराजुम साह र डा। अनिल कुमार साह । डा। इसाराजुम भन्छन्, ‘बच्चाको स्थिति एकदम नाजुक थियो । साढे ५ महिनामा जन्मेको बच्चा बचाउनु हाम्रो लागि ठूलै चुनौती थियो । हामी उपचार गर्न सफल भयौं । एकदम खुशी लागेको छ ।’

जन्मेका बेला बच्चाको तौल ९ सय ग्राम थियो । करिब एक महिनाको उपचारपछि बच्चाको तौल १ दशमलव ३ किलोग्रामको भएको छ ।

सीमाको कलिलो उमेरमै विवाह भएर गर्भ बसेका कारण यस्तो स्थिति आएको चिकित्सकले बताए । डा। साहले भने– सीमाको १५र१६ वर्षमै विवाह भएको रहेछ । विवाहलगत्तै गर्भ बसेछ । सानै उमेरमा गर्भवती भएकाले पिसावमा इन्फेक्सन भएका कारण कारण सात महिना नलाग्दै बच्चा जन्मेको हो ।

सात महिना नपुग्दै बच्चा जन्मेकाले आगामी दिनमा पनि समस्या आउन सक्ने चिकित्सकले बताएका छन् । डा। इसाराजुम भन्छन्– यस्तो अवस्थामा बच्चाको मुटु कमजोर हुन्छ । त्यसैले पनि समस्या हुन सक्छ । थोरै समस्यामा र एक केजीभन्दा कम तौलका बच्चा जन्मिँदा पछि आँखा नदेख्ने खतरा हुन्छ ।

नियमित जाँच गर्न चिकित्सकले सीमालाई सुझाव दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]