न्यूजमधेश डेस्क
नयाँ दिल्ली,५ फागुन । भारतले आजदी पाएपछि पहिलोटक एक महिलालाई फासी सजाय हुँदैछ। फासी सजाय दिनका लागि मथुरास्थित करागारमा तयारी थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अमरोहाकी शबनमलाई फासी सजाय दिन लागिएको हो । शबनमले सन् २००८ मा प्रेमीसँग मिलेर सात जनाको निर्मम हत्या गरेकी थिइन्। शबनमलाई तल्लोदेखि सर्वोच्च अदालतसम्मले फासी सजाय सुनाएको थियो ।
शबनमले राष्ट्रपति कार्यालयमा फासी सजाय रोक्न निवेदन दिए पनि उक्त निवेदन खारेज गरिदिएको थियो ।