०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

महाधिवेशनका लागि डा सीके राउतले मागे आर्थित सहयोग

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ फागुन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रथम महाधिवेशनका लागि आर्थिक सहयोगको आह्वान गरेका छन्।

डा. राउतले एक विज्ञप्ती जारी गर्दै जनकपुरमा ऐतिहासिक प्रथम महाधिवशन गर्न लागेको भन्दै आर्थिक सहयोगका लागि आह्वान गरेका हुन्।

महाधिवेशनलाई भव्यताका साथ सफल पार्न आवश्यक सहयोगका लागि पार्टीका सम्पूर्ण सदस्य तथा आम जनसमुदायसंग अपिल गरेका छन्। डा. राउतले आर्थिक सहयोगका लागि पार्टीका नाममा रहेको आधिकारिक बैंक खाता समेत सार्वजनिक गरेका छन्।

चैत २८ र २९ गते जनकपुरको बाह्विघा मैदानमा महाधिवेशनको आयोजना गरेको डा. राउतद्वारा जारी विज्ञप्तीमा भनिएको छ । महाधिवेशनमा देशका विभिन्न भागबाट करिब ५ सय प्रतिनिधि, २५ हजार स्वयंसेवक तथा विदेशबाट अतिथिको समेत सहभागिता रहने जनाइएको छ ।

‘महाधिवेशन ऐतिहासिक गौरवको विषय हुनुका साथै लोकतान्त्रिक व्यवस्थाप्रति आस्था राख्ने सम्पूर्ण जनताका लािग महत्वपूर्ण परिघटना समेत हो’, डा. राउतले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]