०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

अब कस्तो सरकार निर्माण हुन्छ ?

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२५ फागुन । नेपाली राजनीतिमा नयाँ सरकार गठन गर्ने खेल सुरु भएको छ । सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा खारेज गरेपछि संसदमा सरकारको स्पष्ट बहुमत गुमेको छ ।

अहिले संसदमा चार वटा दलले प्रतिनिधित्व गरेका छन् । यसअघि संसदमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) रहेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्यूँतिएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई खेमामा विभाजित भएको नेकपा अन्ततः एमाले र माओवादी केन्द्र नै कायम भएको हो ।

दुई तिहाईको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब संसदमा विवासको मत लिनुपर्नेछ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीले संसदमा ३० दिनभित्र विश्वासको मत लिने बताए ।

‘पार्टी पूर्ववत रुपमा फर्किएपछि संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ । केही राजनीतिक दलहरुसँग छलफल गरेर अगाडि बढ्छौं’, उनले भने ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सत्ता समिकरणका लागि दलहरुसँग छलफल अगाडि बढाएको छ । सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री पद पाउने गरी सत्ता समिकरणको प्रयास अघि बढाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सहकार्य गर्ने मनस्थिति बनाएका छन् ।

सभापति देउवाले ओली नेतृत्वको एमालेसँग सहकार्य गरेर बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको कांग्रेसका एक नेताले जानकारी दिए । प्रधानमन्त्री अ‍ोलीले जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा जसपाले प्रधानमन्त्रीसँग एउटा सर्त अघि सारेको छ ।

उनीहरुले पक्राउ गरेका आफ्ना सांसद रेशम चौधरीलाई रिहा गरे सरकारलाई सहयोग गर्ने बचन दिएका छन् । जसपा पनि ओलीसँग मिल्ने देखेपछि कांग्रेसले ओलीसँगै सत्ता समिकरणबारे सहकार्य हुने कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए । उनकाअनुसार माओवादीसँग संसदमा थोरै सिट रहेकाले कांग्रेस र माअ‍ोवादीबीच मात्र नयाँ सरकार गठन हुन सम्भव छैन् ।

‘पछिल्लो घटनाक्रमलाई नियाल्दा जनता समाजवादी पार्टीले पक्राउ परेका रेशम चौधरीलाई छुटाएवापत सरकारमा जाने विषयमा छलफल गरिरहेको छ’, ती नेताले काठमाण्डुपाटीसँग कुरा गर्दै भने, ‘माओवादीसँग मिल्दा मात्रै सरकार गठन हुन सम्भव छैन् । अहिले एमालेसँग बहुमत सांसद छन् । कांग्रेस र एमाले मिल्दा पनि बहुमतको सरकार निर्माण हुने भएकाले यसविषयमा सभापतिज्यूले छलफल गरिरहनु भएको छ । तर, यसमा हाम्रो प्रधानमन्त्रीको दाबी रहन्छ ।’

संसदमा एमालेको सबैभन्दा बढी सिट छ । एमालेसँग अहिले १२० जना सांसद रहेका छन् । पार्टी पूर्ववत् रुपमा फर्किएपछि प्रधानमन्त्री ओलीले जसपासँग पनि सत्ता सहकार्यका लागि छलफल सुरु गरेका छन् । सरकार निर्माणका लागि संसदमा १३८ जना सांसदको आवश्यकता पर्दछ । एमाले र जसपाका ३२ जना मिल्दा संसदमा १७० जना सांसद हुन्छन् । यसरी हेर्दा संसदमा एमालेको नेतृत्वमा बहुमतको सरकार निर्माण हुन्छ ।

त्यस्तै देउवाले एमालेसँग सहकार्य गर्दा पनि बहुमतको सरकार निर्माण हुन्छ । संसदमा अहिले कांग्रेसका ६० जना सांसद रहेका छन् । विजयकुमार गच्छदार र मोहम्मद अफ्ताव आलम निलम्बनमा छन् भने एक जना सांसदको निधन भएको छ । संसदमा कांग्रेसका कूल ६३ जना सांसद थिए । एमाले र कांग्रेस मिलेर नयाँ सरकार निर्माण भए संसदमा कूल १८० जना सांसद हुन्छ ।

विकल्पको खोजीमा देउवा

सभापति शेहरबहादुर देउवाले आफूले प्रधानमन्त्री पद नपाएको खण्डमा तीन वटा दलहरुसँग सत्ता सहकार्य गर्ने आफू निकटहरुसँग बताएका छन् । केपी ओलीले प्रधानमन्त्री दिए मात्रै सत्ता समिकरण गर्ने योजनामा रहेकाले देउवाले विकल्पहरुको समेत खोजी गरेका छन् ।

उनले एमालेबाहेकका दलहरुसँग छलफल अगाडि बढाएर नयाँ सरकार गठन गर्ने योजना बनाएका हुन् । संसदमा एमालेबाहेक पनि नयाँ सरकार गठन हुनसक्छ । देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार निर्माण गर्ने विकल्प अघि सारेका हुन् ।

संसदमा कांग्रेसका ६०, माओवादी केन्द्रका ४८ र जनता समाजवादी पार्टीका ३२ जना सांसद रहेका छन् । संसदमा कांग्रेस, माओवादी केन्द्र र जसपाका कूल १४० जना सांसद हुन्छन् । तीन दल मिलेर संसदमा बहुमतको सरकार निर्माण हुने विकल्पबारे देउवाले छलफल गरेको देउवा निकट एक सांसदले जानकारी दिए ।

‘सभापतिज्यूले पहिले राजनीतिक दलहरुसँग छलफल गरेर केपी ओलीसँग प्रधानमन्त्रीको बार्गेनिङ गर्नुहुन्छ । कुरा मिले एमालेसँग र नमिलेको खण्डमा देउवाको नेतृत्वमा तिन दलको सरकार निर्माण हुन्छ र देउवा नेतृत्वको सरकारले चुनाव गराउँछ’, तीन सांसदले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]