०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

के नेकपा एमाले जसपासँग सत्ता समिकरण गर्दैछ ?

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलासँगै नेपालको राजनीति थप तरंगित बनेको छ ।

संसद पुनर्स्थापनापछि केहि मत्थर बनेको राजनीति नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिने सर्वोच्चको निर्णयसँगै थप जटिल बनेको बेला जसपासँग सत्ता समिकरण गर्न नेकपा एमाले तयार रहेको बुझिएको छ ।

फागुन ११ गते संसद पुनर्स्थापना भएसँगै तत्कालिन प्रचण्ड नेपाल पक्ष नाम दिइएको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस, जसपा लगायतका दलहरुसँग सत्ता सहकार्य गरेर अघि बढ्ने भन्दै दौडधुपमा रहेका थिए ।

तर एकाएक नेकपाको आधिकारिकता कट्टेलको नाममा फैसला भएसँगै उनीहरु ९दाहाल९नेपाल० को उक्त दाउमा ब्रेक मात्र लागेको छैन, उनीहरुको दलसमेत अलग अलग भएको छ ।

सर्वोच्चको फैसलाले पूर्व एमाले र पूर्व माओवादी केन्द्र ब्यूँतिएको छ । जसअनुसार नेपाल पूर्व एमालेमा फर्किएका छन् भने प्रचण्ड पूर्व माओवादी केन्द्रका अध्यक्षका रुपमा रहेका छन् ।

पूर्व माओवादी केन्द्रले सरकारलाई दिने समर्थन फिर्ता लिने भएपछि यतिबेला एमालेहरु बहुमत पुर्याएर सरकार चलाउने खेलमा लागेका छन् । यसैक्रममा जनता समाजवादी पार्टी ९जसपा० सँग सहकार्य गरेर सरकार चलाउने विषयमा गृहकार्य भइरहेको बालुवाटारको उच्च स्रोतले जनाएको छ ।

हाल प्रतिनिधि सभामा नेकपा एमालेको सांसद् संख्या १२१, कांग्रेसको ६३, माओवादी केन्द्रको ५३, जनता समाजवादी पार्टीको ३४ सिट रहनेछ ।

जसमा एमालेका निर्वाचित ८० र समानुपातिक ४१ सांसद छन् । कांग्रेसका निर्वाचित २३ र समानुपातिका ४० सांसद छन् । माओवादी केन्द्रका निर्वाचित ३६ र समानुपातिक १७ सांसद छन् । भने जनता समाजवादी पार्टीका निर्वाचित २२ र समानुपातिक १२ गरी ३४ सांसद रहेका छन्।

एकिकरण पूर्णरुपमा बदर भएको भन्दै देशभरका पार्टी कार्यालयहरुमा नेकपाको झण्डा हटाउँदै एमाले र माओवादीको बोर्ड राख्न थालिएको छ ।

यसैक्रममा पूर्व एमालेको पार्टी कार्यालय धुम्बाराहीमा मंलगवार बिहान नेकपाको बोर्ड राखिएको छ । भने तत्कालिन माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको बोर्ड राखिने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]

काठमाडौँ, ९ भदौ । जनमत पार्टीले पार्टीका दुई नेता नेतालाई राष्ट्रिय सचिव र जिल्ला इन्चार्जमा मनोनित गरेको छ । पार्टी केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले आज एक विज्ञप्ति जारी गर्दै नवलपरासीका बालगोविन्द चौधरीलाई राष्ट्रिय सचिव तथा मोरङका रामकुमार चौधरीलाई जिल्ला इञ्चार्जमा मनोनित गरेका हुन् । आज भएको केन्द्रीय सचिवालय समिति बैठकको निर्णयअनुसार आजकै मितिदेखि लागू […]