०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

रेशम चौधरीको रिहाइका लागि मात्रै छलफल भएको हो :नेता कर्ण

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टीको नेता लक्ष्मणलाल कर्णले सांसद रेशम चौधरीको रिहाइको विषयमात्रै एमाले नेताहरुसँग कुराकानी भएको बताएका छन्।

सरकारसँग वार्ता गर्न कर्ण लगायत जसपा सांसद बालुवाटार पुगेका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। यसलाई सत्ता साझेदारीका विषयमा हेरिएको थियो।

तर, सांसद कर्णले सत्ता साझेदारीका विषयमा नभएर सांसद चौधरीको रिहाइका लागि छलफल भएको बताएका छन्। उनले भने, सहामीले सत्ता समिकरणबारे कुनै छलफल गरेका छैनौं। सांसद रेशम चौधरीको रिहाइका सम्बन्धमा मात्रै वार्ता गरेका हौं।

उनले सांसद चौधरीको रिहाइका विषयमा सरकारका तर्फबाट सकारात्मक जबाफ आएको बताए। ुहामीले उहाँहरूका कुरा सुन्यौं। हाम्रा कुरा भन्यौं। सांसद रिहाइबारे उहाँहरूको जवाफ सकारात्मक छ, उनले भने।

सांसद चौधरी टीकापुर घटनामा जेलमा छन्। यसलाई राजनीतिक मुद्दाका रुपमा लिएर रिहाइ गर्नुपर्ने जसपाका नेताहरुको भनाइ छ।

यस अघि पनि प्रधानमन्त्री ओलीले चौधरीलाई रिहाइ गर्ने र मधेशका माग सम्बोधन हुने गरि संविधान संशोधन गर्ने आश्वासन दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]