२५ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
×

युवा नेता यादबले गरे ५०औं पटक रक्तदान

Logo
प्रकाशित सोमबार, चैत्र ०२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२  चैत्र । भनिन्छ रक्तदान नै जीवन दान हो। अर्थात् रगतको दान गर्नु जीवन दान गर्नु सरह सरह मानिन्छ । यो नारा दिइएपनि अहिले पनि कतिपय व्यक्ति रक्तदान गर्न हिच्किचाउँछन्।

तर, जनकपुरधामक एक यस्ता युवा छन् जो कमै उमेरमा ५०औं पटकसम्म रक्तादन गर्ने व्यक्तिमा गनिन्छन्। ती हुन्, हनुमान नामले परिचित सीताराम यादव ।

यसअघि ४९ पटक रक्तदान गरिसकेका यादवले आईतवार ५० औं पटक रक्तदान गरेका छन्।

जनता समाजवादी पार्टी धनुषाका युवा नेता रहेका उनले रगत दान गर्दा आफ्नो शरीरलाई पनि फाइदा पुग्ने भएकाले लगातार रक्तदान गर्दै आएको बताए ।

सीताराम यादवले आइतवार प्रादेशिक अस्पताल जनकपुरको प्राङ्गणमा रहेको रेडक्रसकोे रक्तसंचार केन्द्रमा ५०औं पटक रक्तदान गरेका हुन् । सामाजिक विकृति विसंगतिको अन्त्यका लागि अगाडी बढ्दै समाजमा सकारात्मक भुमिका खेल्ने अभियन्ता तथा युवालाई आफूले रक्तदान गर्दै आएको उनले बताए ।

उमेरको हिसाबले ३२ बर्ष पुगेका उनले १७ बर्षकै उमेरदेखि रक्तदान गर्न थालेको बताए । ‘१७ बर्षको उमेरमा २०६२ सालमा पहिलो पटक रक्तदान गरेकोे थिएँ,’ उनले भने, ‘त्यसपछि पटक–पटक गर्दै आएको छु।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]